माध्यमिक परीक्षा शुरू: मिरिकमा परीक्षार्थीहरूको संख्या ४६१

MIR1-1024x473.jpg

मिरिक: आजदेखि पश्चिम बंगाल माध्यमिक बोर्ड परीक्षा शुरु भएको छ। यस वर्ष मिरिकमा माध्यमिक परीक्षार्थीहरूको संख्या ४६१ जना रहेको छ। ती विद्यार्थीहरूका लागि मिरिकमा तीन वटा परीक्षा केन्द्र रहेको छ। फुवागढी उच्चत्तर माध्यमिक विद्यालयलाई परीक्षाको प्रमुख केन्द्र स्थापित गरिएको छ। यसको अतिरिक्त मिरिक उच्चत्तर माध्यमिक विद्यालय र डनबस्को स्कूल परीक्षा केन्द्र र‌ मिरिकमा रहेको तीनवटा परीक्षा केन्द्रहरुमा मिरिक उच्चत्तर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा सौरेनी रवीन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालय र धर्बु उच्चत्तर माध्यमिक विद्यालयका १५२ जना परीक्षार्थीहरुले आजदेखि परीक्षा लेख्दैछन् भने डनबस्को स्कूलमा फुवागढी उच्चत्तर माध्यमिक विद्यालय, मरमा प्रेमसुन्दर उच्च माध्यमिक विद्यालय र मिरिक उच्चत्तर माध्यमिक विद्यालयका १६४ जना परीक्षार्थीहरुले परीक्षा लेख्दैछन्। यसैगरी, फुवागढी उच्चत्तर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पुटुङ उच्चत्तर माध्यमिक विद्यालय र डनबस्को स्कूलका १४५ जना परीक्षार्थीहरुले आजदेखि परीक्षा दिइरहेका छन्।

About Author

Advertisement