हात्तीको हमलामा माध्यमिक परीक्षार्थीको मृत्युप्रति मुख्यमन्त्रीले शोक व्यक्त गरिन्

IMG-20230223-WA0201.jpg

सिलगढी: जंगली हात्तीको हमलामा माध्यमिक परीक्षार्थीको मृत्यु भएको छ। जङ्गल क्षेत्रमा बसोबासो गर्ने विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा जानको लागि बसको व्यवस्था गरिदिने तिनले शिक्षा विभागलाई निर्देश दिएकी छन्। आज बिहान गजलडोबा संलग्न महाराज घाट इलाकामा हात्तीको हमलामा एकजना माध्यमिक परीक्षार्थीको मृत्यु भएको छ। बाइकमा सवार भएर बाबासित गइरहेको समय हात्तीको हमलामा अर्जुन दास नाम गरेको विद्यार्थीको मृत्यु भएको छ। यस घटनाप्रति मुख्यमन्त्री ममता ब्यानर्जीले दु:ख प्रकट गरिन्। जङ्गल इलाकामा बसोबासो गर्ने विद्यार्थीहरूको लागि बसको व्यवस्था गरिदिने शिक्षा विभागलाई निर्देश दिएको बताएका छन्। यसको साथै वन विभाग र पुलिसलाई पनि नजरदारी राख्ने निर्देश पनि दिएको छिन्। मुख्यमन्त्रीको निर्देश अनुसार जलपाईगढीका जिल्लाशासक, सिलगढीका पुलिस कमिश्नर तथा मेयर मृतक छात्रको घरमा गएर घटनाप्रति शोक समवेदना प्रकट गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *