गोरामुमो मिरिक ब्राञ्च कमिटीद्वारा विधायक निरज जिम्बालाई धन्यवाद

मिरिक: गोरामुमो मिरिक ब्राञ्च कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै दार्जीलिङ विधानसभा क्षेत्रका भाजपाका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बालाई धन्यवाद जनाएको छ। मिरिक ब्राञ्च कमिटीका महासचिव सचिव राजकुमार रिजालले आफ्नो विज्ञप्ति बिज्ञप्ति जारी गर्दै भने, ‘हाम्रो गोर्खाल्याण्ड राज्यको मागलाई उजागर गरेर यसको ऐतिहासिक तथ्यहरुलाई जनाएर र कसरी यो भुमि हाम्रो हो र यो भुमिमा हाम्रो गोर्खाल्याण्ड राज्य बनाउनको निम्ति बङ्गाल विधानसभामा भर्खरै आएको बङ्गाल विभाजनविरुद्धको प्रस्तावविरुद्ध एउटा राम्रो प्रतिक्रिया दिनुभएकोमा विधायक निरज जिम्बाले गरेको यस सहरानीय कार्यलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौंl आउँदो दिनहरुमा पनि गोर्खा जातिलाई यसरी नै डोर्याएर लैजानेछन् भनि विश्वास व्यक्त गर्दछौंl’ यसैक्रममा गोरामुमो निरपानी शाखा अध्यक्ष काजी शर्माले पनि विधायक निरज जिम्बालाई धन्यवाद जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *