सौरभ गांगुलीमाथि बायोपिक बनाउने तयारी शुरु

IMG-20230223-WA0200.jpg

२३ फरवरीः बलिवुडले भारतीय क्रिकेट टीमका एकाधिक दिग्गज खेलाड़ीहरूका बायोपिक बनाएको छ। यसमा एमएस धोनीदेखि लिएर कपिल देवसम्म हरेक खेलाड़ीका कहानीलाई नजिकबाट देखाउने प्रयास गरिएको छ। यसबाहेक भारतकी दिग्गज महिला क्रिकेटर मिथाली राजमाथि पनि हालै बायोपिक बनाइएको थियो। फिल्ममा मिथालीकी भूमिका बलिवुड अभिनेत्री तापसी पन्नूले निर्वाह गरेकी थिइन्। यसरी नै धोनीको बायोपिकमा सुशान्त सिंह राजपूत र कपिल देवमाथि बनिएको बायोपिक ८३-मा रणवीर सिंह रहेका थिए। यसै क्रममा अब भारतीय क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीमाथि पनि बायोपिक बनाउने तयारी शुरु भएको छ। मीडिया रिपोर्ट्स अनुसार, भारतीय क्रिकेटमा दादा-को नामले चिनिने पूर्व कप्तान तथा दिग्गज ब्याटर गांगुलीको बायोपिकमा उनको भूमिका अरू कोही नभएर रणवीर कपूरले निर्वाह गर्नेछन्। रणवीर कपूरलाई यसअघि बलिवुड अभिनेता सञ्जय दत्तमाथि बनाइएको बायोपिक सञ्जु-मा पनि देखिएको थियो। त्यस फिल्ममा उनको अभिनयको भरपूर प्रशंसा गरिएको थियो।
यसैकारण गांगुलीको बायोपिकमा पनि प्रशंसकहरू रणवीरको अभिनय हेर्न आतुर छन्। यो बायोपिक लव फिल्म्स-ले प्रोड्यूस गर्न गइरहेको छ। जानकारी अनुसार, गांगुलीले फिल्मको स्क्रिप्ट पढ़िसकेका छन् अनि फिल्म बनाउने अनुमति पनि दिएका छन्। यतिमात्र नभएर प्राप्त जानकारी अनुसार, फिल्ममा भारतका दिग्गज विकेटकीपर तथा पूर्व कप्तान धोनीको पनि सानो रोल रहेको छ। धोनीले चाहिँ यसबाहेक अहिलेसम्म कुनै पुष्टि गरेका छैनन्। पचास वर्षीय गांगुलीले भारतको निम्ति आफ्नो अन्तर्राष्ट्रिय करियरमा जम्मा ११३ वटा टेस्ट र ३११ वटा वनडे म्याच खेले। उनले टेस्टमा ४२.२-को औसतले ७२१२ रन बनाए। यसमा १६ वटा शतक र ३५ वटा अर्द्धशतक सामेल छ। यसरी नै उनले वनडेमा ४१-को औसतले ११३६३ रन बनाए। यसमा २२ वटा शतक र ७२ वटा अर्द्धशतक सामेल छ। आफ्नो यस असाधारण करियर बाहेक गांगुली २०१९-देखि अक्टोबर २०२२-सम्म भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का अध्यक्ष पनि रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *