उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लामा यस वर्ष ३१ हजार २१ परीक्षार्थी माध्यमिक परीक्षामा सहभागी भएका छन्। जसमा विद्यार्थी संख्या १० हजार ६११ छन् भने झण्डै दोब्बर २० हजार ४१० छात्रा छन्। यसका लागि ११७ परीक्षा केन्द्रमा सबै व्यवस्था मिलाइएको छ। माध्यमिक परीक्षालाई सहज रुपमा सञ्चालन गर्न जिल्लाका सबै परीक्षा केन्द्रको १०० मिटरको परिधिमा धारा १४४ लागु गरिएको छ। सबै परीक्षा केन्द्रलाई सीसी क्यामेराले निगरानी गरिरहेको छ। जिल्लाका विभिन्न परीक्षा केन्द्रको सुरक्षा अनुगमनका लागि लगभग १५ सय प्रहरी परिचालन गरिएको छ।