२३ फरवरीः अष्ट्रेलियाले भारत विरुद्ध खेलिने वनडे सीरीजको निम्ति १६ सदस्यीय टीमको घोषणा गऱ्यो। ग्लेन म्याक्सवेल र मिचेल मार्श आउँदो महिना भारत विरुद्ध खेलिने वनडे सीरीजको निम्ति अष्ट्रेलियाई टीममा फर्किएका छन्। तीनवटा म्याचको वनडे सीरीजमा पहिलो म्याच १७ मार्चको दिन मुम्बईमा खेलिनेछ। त्यसपछि रहल दुईवटा म्याच १९ मार्च (विजाग) र २२ मार्च (चेन्नई)-मा खेलिनेछ। म्याक्सवेलले गत हप्ता भिक्टोरियाको निम्ति भिक्टोरियन प्रीमियर क्रिकेट प्रतियोगिता अनि मार्शले शेफील्ड शील्डको म्याचमा हिस्सा लिएका थिए। मार्शले भारत आउन अघि पश्चिमी अष्ट्रेलियाको निम्ति मार्श कपमा दुईवटा म्याच खेल्ने सम्भावना रहेको छ। ह्याम्स्ट्रिंगको चोटबाट मुक्त भएर पेस बलर झे रिचर्डसन पनि टीममा फर्किएका छन्। यस चोटले गर्दा नै उनले बिग ब्याश लीगको फाइनल खेल्न सकेका थिएनन्।
चयन समितिका अध्यक्ष जर्ज बेलीले भने, विश्व कप शुरु हुनमा सात महिना मात्र समय रहेको हुनाले भारतमा यो सीरीज हाम्रो तयारीहरूको दृष्टिकोणले महत्त्वपूर्ण रहनेछ। ग्लेन, मिचेल र रिचर्डसन सबै महत्त्वपूर्ण खेलाड़ी हुन्। ईंग्ल्याण्ड विरुद्ध आउँदो एशेज सीरीज अनि सम्भावित आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनललाई ध्यानमा राखेर सम्पूर्ण रूपले फिट नभएका पेस बलर जोश हेजलवुडलाई वनडे टीममा राखिएन। बेलीले भने, जोशको निम्ति पनि यो सीरीज महत्त्वपूर्ण रहने थियो तर ईंग्ल्याण्ड विरुद्ध महत्त्वपूर्ण सीरीज रहेको हुनाले हामी कुनै जोखिम उठाउन चाहँदैनौं।
अष्ट्रेलियाई टीमः प्याट कमिन्स (कप्तान), सीन एबट, एश्टन एगर, एलेक्स केरी, क्यामरन ग्रीन, ट्रेविस हेड, जोश ईंग्लिश, मार्नस लाबुशेन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, झे रिचर्डसन, स्टीव स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर, एडम जाम्पा।