च्याम्पियन्स लीगः होम ग्राउण्डमा म्याच जित्यो इण्टर मिलानले

IMG-20230223-WA0098.jpg

२३ फरवरीः यूएफा च्याम्पियन्स लीग फूटबलको राउण्ड अव् सिक्स्टीनमा इण्टर मिलानले अन्तिम समयमा गोल गरी म्याच जित्यो। बुधवार राति खेलिएको पहिलो लेगको म्याचमा इटालियन क्लब इण्टरले पोर्तुगलको क्लब एफसी पोर्तोलाई १-०-ले पराजित गऱ्यो। म्याचको ७८औं मिनटमा अग्रिम पंक्तिका खेलाड़ी ओटाभिओले रेड कार्ड देख्दा दशजना खेलाड़ीमा सीमित हुने पोर्तोले पूरा म्याचमा इण्टर मिलानलाई सतायो। होम ग्राउण्ड सान सिरोमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने इण्टरले म्याचको एकमात्र गोलको निम्ति पनि लगभग अन्तिम समयसम्म पर्खिनु पऱ्यो। बेल्जियमका अनुभवी स्ट्राईकर रोमेलु लुकाकुले ८६औं मिनटमा गोल गरी इण्टर मिलानलाई जीत दिलाए। इण्टरले पूरा म्याचमा १८ पल्ट विपक्षी पोस्टमा हमला गरे पनि केवल चारपल्ट गोलीलाई लक्ष्यमा राख्न सक्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement