च्याम्पियन्स लीगः म्यानचेष्टर सिटीलाई ड्र-मा रोक्न सफल आरबी लिपजिग

IMG-20230223-WA0039.jpg

२३ फरवरीः आत्मविश्वासको साथ मैदानमा ओर्लिने म्यानचेष्टर सिटी एक समय अघि रहे पनि यूएफा च्याम्पियन्स लीगको राउण्ड अव् सिक्स्टीनमा ड्र-मा रोकियो। बुधवार राति खेलिएको पहिलो लेगको म्याचमा म्यानचेष्टर सिटीलाई आरबी लिपजिगले १-१-को ड्र-मा रोक्यो। आफ्नो होम ग्राउण्ड रेड बुल एरेना लिपजिगमा खेल्दै जर्मनीको क्लब मध्यान्तरसम्म १ गोलले पछि रहेको थियो। होम ग्राउण्डमा केवल ३८ प्रतिशत पोजेशनको साथ खेल्ने आरबी लिपजिगलाई जोस्को ग्वार्डिओलले १-१-को बराबरीमा पुऱ्याए। डिफेण्डर ग्वार्डिओलले म्याचको ७०औं मिनटमा गोल गरे। यसअघि म्यानचेष्टर सिटीले असल शुरुवात गर्दै २७औं मिनटमा बढ़त हासिल गऱ्यो।

रियाद माहरेजले टीमलाई बढ़त दिलाएपछि थप गोल गर्न नसक्दा पेप ग्वार्डियोलाको टीमले ड्र-मै चित्त बुझाउनु पऱ्यो। यस म्याचमा सिटीका प्रशिक्षक ग्वार्डियोलाले कुनै चेञ्ज गरेनन् अनि म्याचको शुरुदेखि अन्तसम्म प्रथम एकादशलाई नै कायम राखे। यी दुई टीमबीच दोस्रो लेगको म्याच सिटीको होम ग्राउण्डमा खेलिने हुनाले ग्वार्डियोलाको टीमलाई यस ड्र-ले अधिक नोक्सान चाहिँ भएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement