कोलकताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेका राज्यका पूर्व शिक्षा मन्त्री पार्थ च्याटर्जीलाई प्रेसिडेन्सी सेण्ट्रल जेलमा चोट लागेको छ। उनलाई उपचारको निम्ति एसएसकेएम अस्पतालमा लगियो। प्रेसिडेन्सी जेल अधिकारीहरू अनुसार, पार्थको औंठमा चोट लागेको छ।
अधिकारीहरू अनुसार, घटना गए शनिवारको हो। पार्थ जेलको कोठरी छेउ लनमा हिड्न गएका थिए। उनी आफ्नो सेलतिर गइरहेका थिए, अचानक सेल नम्बर सात छेउ लडे। उनको औंठमा चोट लागेको छ। उनको हातमा पनि चोट लागेको छ। जेलमा उनको उपचार चलिरहेको छ। पार्थलाई ईडीले गत साल जुलाई महिनामा पक्राउ गरेको थियो। त्यस समय उनी तृणमूलका महासचिव र उद्योग, आईटी एवं परिषदहरूका राज्य मन्त्री थिए। त्यसपछि, उनी लगातार जेलमा बन्द छन्।










