लाचेन-लाचुङ जाँदा पर्यटकहरूले अक्सीजन लानु पर्ने मोना गुरूङको भनाइ

गान्तोकः हिमालय अक्सी इन्टरप्राइजले पर्यटक साथै स्थानीयहरूको सुरक्षा हेतु तयार गरिएको अक्सीजन प्रयोग गरिदिने सल्लाहकार मोना गुरूङले आग्रह गरेकी छन्। आज एमपी गोलाइस्थित प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गुरूङले विशेष गरेर उत्तर सिक्किमको लाचेन, लाचुङ र गुरूदोङमार जाने पर्यटकहरूले अक्सीजन साथमा लिएर गएको खण्डमा उनीहरूको जीवनको सुरक्षा हुने बताएकी छन्।

गत केही दिन अघि मात्र उत्तर जिल्ला गएका एक पर्यटकको अक्सीजनको कमीका कारण मृत्यु भएको घटना प्रकाशित भएको उनले जानकारी गराइन्। एउटा अक्सीजनको मूल्य केवल पाँच सय रूपियाँ मात्र रहेको बताउँदै यदि पर्यटकहरूले यसलाई साथमा लिएर गएमा उनीहरूको जीवनको निम्ति राम्रो हुने बताइन्। यसको निम्ति विशेष गरेर चालकवर्गले पहल गर्नुपर्ने उनले आग्रह गरिन्। यति धेरै उचाँइमा जाँदा अक्सीजनको कमी हुने गर्दछ भने यसको निम्ति चालकवर्गले नै पर्यटकहरूलाई अक्सीजन किनेर यहाँबाट लैजानु पर्ने सुझाउ दिनुपर्न उनको भनाइ रहेकोछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *