९ मार्चको दिन सरकारी कर्मचारीले हड़ताल गर्ने

153f49e4c1b64bc9a125239ca74e4beb-1-e1677044939933.jpg

कोलकताः महंगाई भत्ता (डीए) को मागलाई लिएर दुई दिनको कार्य विरामपछि अब सरकारी कर्मचारीले आगामी ०९ मार्चमा प्रशासनिक हड़ताल गर्ने निर्णय गरेका छन्। सरकारी कर्मचारीहरूका धेरै संगठनहरूले यसमा एकसाथ मिलेर भाग लिनेछन्। यसअघि सोमवार र मंगलवार दुई दिनसम्म कर्मचारीहरूले कार्य विराम गरेका थिए। राज्यभरिका सरकारी अफिसहरूमा समयमा कर्मचरी पुगेको थिए तर दिनभरि आफ्नो नियमित काम गरेका थिएनन्।

सरकारी कर्मचारीहरूको संगठनबीच कोअर्डिनेशन कमिटीको तर्फबाट विश्वजीत गुप्त चौधरीले बुधवार जानकारी गराए, ०९ मार्चमा तीन मागलाई लिएर संगठनले प्रशासनिक हड़ताल गर्ने भएको छ। पहिले चाँड़ोभन्द चाँड़ो बाकी महंगाई भत्ता दिने माग, दोस्रो रिक्त रहेका सरकारी पदहरूमा पारदर्शी तरीकाले नियुक्ति र भेदभावको राजनीति छाड़ेर स्वच्छ तरीकाले प्रशासनिक परिचालन गर्नुपर्नेछ। यद्यपि, सत्तारूढ़ पार्टी तृणमूल कांग्रेससित जुड़ेको सरकारी कर्मचारीहरूको फेडरेशनले आगामी ०९ मार्चमा डाकिएको हड़तालको विरोध गरेको छ। संगठऩको तर्फबाट मनोज चक्रवर्तीले भनेका छन्, नैतिक रूपमा हामी हड़ताल र कार्य विराम विरूद्ध छौं। हाम्रो भनाई छ, वार्ताको माध्यमले नै हरेक समस्याको समाधान गरिनुपर्छ।

उल्लेख्य, सरकारी कर्मचारीहरूको दुई दिनको कार्य विराममा ३२ संगठऩका कार्यकर्ताहरूले हिस्सा लिएका थिए। जानकारी अनुसार,०९ मार्चमा यदि प्रशासनिक हड़तालमा यी सबै संगठऩले हिस्सा लिए त्यस दिन राज्यभरिमा सरकारी कार्य़ ठप्प रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *