नेपाली चलचित्र “गान्तोक एक्सप्रेस” १० मार्चमा रिलिज हुने

IMG-20230222-WA0255.jpg

गान्तोक: स्थानीय युवाद्वारा तयार गरिएको नेपाली चलचित्र “गान्तोक एक्सप्रेस” आगामी १० मार्चको दिन रिलिज गरिने भएको छ। आज प्रेस क्लब अफ् सिक्किमको कार्यालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा उक्त चलचित्रको पोस्टर रिलिज गरियो। चन्द्र शेखर गौतमद्वारा निर्देशित सो चलचित्रको प्रिमियर सो आगामी १० मार्चको दिन वज्र सिनेमा हलमा हुने भएको छ। यस चलचित्रका निर्देशक गौतमले जानकारी गराए अनुसार स्थानीय कलाकारहरूलाई लिएर तयार गरिएको यस चलचित्रले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाउन सक्नेछ। एक घण्टा ५० मिनट लामो यस प्रकारको हाँस्य चलचित्र राज्यमा पहिलो पल्ट निर्माण गरिएको हो। यस चलचित्रको छायाङकन प्राय जसो सिक्किम भरिनै गरिएको छ। यो चलचित्रको शुरूवात कोरोनाकालमा नै भएको थियो तर त्यसबेला कोरोनाले गर्दा यसको छायाङकन बन्द गरिएको कारण केही विलम्ब हुन गएको उनको भनाइ रहेको छ। यस चलचित्र हेरेपछि दर्शकवर्गको सुझाउलाई ध्यानमा राख्दै आगामी दिनमा अर्को चलचित्र तयार गर्न सकिने उनले बताए। सो चलचित्रलाई आसम, पश्चिम बंगालको केही हलहरूमा पनि देखाउनको निम्ति प्रबन्ध मिलाएको उनले थप जानकारी गराए। यस चलचित्रमा मूख्य भूमिकाकोरूपमा दिपक ढकाल, मिना गौतम, चन्द्र शेखर गौतम लगायत स्थानीय अन्य कलाकारहरू सामेल रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *