विधायक डीटी लेप्चाले गरे इको रूरल होमस्टेको उद्घाटन

Untitled-1-copy-32

गान्तोकः नाथाङ माछोङ निर्वाचन क्षेत्रका विधायक डीटी लेप्चाले आज पाकिम जिल्ला अन्तर्गत ठेकाबुङ पारखा ग्राम पञ्चायत यूनिटमा इको रूरल होमस्टेको उद्घाटन गरे।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले ग्रामीण पर्यटन प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई फाइदा पुग्न सक्ने विषयमा जोड दिए। उनले ग्रामीण क्षेत्रमा समाजको प्रगतिमा एचआरडीपी- सिक्किम सिटिजन फाउडेसनद्वारा गरिएको पहलको प्रशंसा गरे। विधायक लेप्चाले होमस्टेले दिएको अवसरको सदुपयोग गर्न युवाहरूलाई अघि आउने आग्रह गरे।

यसका साथै उनले पर्यटनहरूप्रति मैत्रीपूर्ण व्यवहार र स्वागत गर्ने मनोवृत्ति बढाएर गाउँलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए। उनले पर्यटकका लागि आधारभूत सुविधाको प्रत्याभूति र पर्यटकहरूलाई प्रामाणिक ग्रामीण अनुभव प्रदान गरी गाउँको उन्नतिमा काम गर्न स्थानीयहरूलाई प्रोत्साहित गरे। यसै क्रममा पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङले एचआरडीपी सिक्किम सिटिजन फाउन्डेसनद्वारा गरिएको यस पहलको सराहना गरिन्। उनले ग्रामीण क्षेत्रमा दिगो जीविकोपार्जन र विकासको आवश्यकतामा जोड दिँदै यस प्रकारको पहलले जिल्लाका अन्य भागमा पनि यस्तै पहलहरू सञ्चालन गर्न मार्ग प्रशस्त हुन सक्ने विश्वास व्यक्त गरिन्। होमस्टेको विकासले यस क्षेत्रको पर्यटन प्रवर्द्धन मात्र नभई स्थानीयलाई रोजगारीको अवसर प्रदान गरी गाउँको प्रत्यक्ष र अप्रत्यक्ष विकासमा समेत टेवा पुग्ने बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *