आईपीएल पछि डब्ल्यूपीएल-मा पनि टाटाको एण्ट्री

IMG-20230222-WA0244.jpg

२२ फरवरीः इण्डियन प्रीमियर लीग (आईपीएल)-को टाइटल स्पन्सरको अधिकार हासिल गरेपछि टाटा समूहले चार मार्चदेखि मुम्बईमा शुरु हुने पहिलो महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-को पनि टाइटल स्पन्सर अधिकार हासिल गऱ्यो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले ट्वीट गरेर यसबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, मलाई यो घोषणा गर्दै धेरै खुशी लागिरहेको छ कि टाटा समूह पहिलो डब्ल्यूपीएल-को टाइटल प्रायोजक हुनेछ। उनीहरूका सहयोगद्वारा हामी महिला क्रिकेटलाई अलग स्तरमा लैजान सफल हुनेछौं भन्ने हामीलाई पूरा भरोसा छ। यस अनुबन्धको वित्तीय पक्षहरूबारे चाहिँ अहिलेसम्म खुलासा गरिएको छैन। यसबीच बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, टाटा समूहले पाँच सालको निम्ति टाइटल प्रायोजक अधिकार हासिल गरेको छ। चाइनीज मोबाईल कम्पनीको वर्चस्वलाई समाप्त गरी टाटा समूहले गत वर्ष आईपीएल-मा पनि टाइटल प्रायोजक अधिकार हासिल गरेको थियो। महिला प्रीमियर लीगका म्याचहरूमा मुम्बईको दुईवटा स्टेडियममा (ब्रेबोर्न र डीवाई पाटिल) खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement