सिक्किमे छोरी सेरिल लेप्चा गुजरात जायन्ट्स टोलीमा एसिस्टेन्ट फिजियोथेरापिस्टको रूपमा

Screenshot_20230222_221802_Dailyhunt.jpg

गान्तोक: बीसीसीआईले, आईपीएलको सफलतापछि महिला खेलाड़ीहरूलाई लिएर पहिलोपटक महिला प्रीमियर लीग आगामी ४ मार्चदेखि २६ मार्चसम्म आयोजन गर्नेछ, जसमा सिक्किमे छोरी सेरिल लेप्चा गुजरात जायन्ट्स टोलीमा एसिस्टेन्ट फिजियोथेरापिस्टको रूपमा देखापर्नेछन्।

गुजरात जायन्ट्ससँग महिल प्रीमियर लीगको पहिलो सिजनको निम्ति उनको अनुबन्ध भइसकेको छ भने भोलि उनी सिक्किमबाट मुम्बई पुगेर टोलीमा सामेल हुनेछन्। महिला प्रीमियर लीगमा पूर्वोत्तर राज्यहरूबाटै कुनै पनि टोलीका सदस्य हुन सफल सेरिल पहिलो व्यक्तित्व हुन्। उनीवाहेक पूर्वोत्तर राज्यबाट महिला प्रीमियर लीगको यो पहिलो सिजनमा कोही पनि प्रतिनिधि छैनन्।

यसबारे खुशी व्यक्त गर्दै सेरिल लेप्चाले पत्रकारहरूसँगको कुराकानीमा आफूले राष्ट्रियस्तरसम्मका खेलाड़ीहरूसँग फिजियोथेरापिस्टको रूपमा काम गरिसकेको उल्लेख गर्दै यस लीगमा पहिलोपटक अन्तरराष्ट्रिय स्तरका खेलाड़ीहरूसँग काम गर्न आफू उत्सूक रहेको बताइन्। महिला प्रीमियर लीगमा सिक्किमको प्रतिनिधत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले श्रेष्ठ सेवा पुऱ्याउने कटिबद्धता व्यक्त गरिन्।

२०१८-देखि सिक्किम क्रिकेट एसोसिएशनसँग संलग्न रहेकी लेप्चा २०११-देखि व्यवसायिक रूपमा यस पेशामा छिन्। शुरुमा उनले युनाइटेड स्पोर्टिङ क्लबमा फिजियोथेरापिस्टको रूपमा काम गरेकी थिइन्।

जानकारी गराइन्छ, महिला प्रीमियर लीगको गुजरात जायन्ट्स टोलीमा भारतीय टोलीका पूर्व अधिनायक मिताली राज मेण्टर रहेकी छन् भने झुलन गोस्वामी बलिङ कोच रहेकी छन्। टोलीमा अष्ट्रेलियाका अनुभवी खेलाड़ी एस्ले गार्डनर जस्ता खेलाड़ी रहेका छन्। सह-फिजियोथेरापिस्टको रूपमा सिक्किमे छोरी सेरिलले उनीहरूसँग काम गर्नेछन्। यस सफलताको निम्ति सिक्किम क्रिकेट एसोसिएशनले उनलाई बधाई एवं शुभकामना व्यक्त गरेको छ।

संगठनका अध्यक्ष टीका सुब्बाले सेरिललाई एकदिन राष्ट्रिय टोलीको जर्सीमा हेर्न चाहेको विचार पोखेका छन्। उनले फिजियोथेरापिस्टको रूपमा सेरिलले जुन उपलब्धि हासिल गरेका छन् यस्तै क्रिकेटमा सिक्किमे खेलाड़ीहरूले हासिल गर्नसक्ने विश्वास प्रकट गरेका छन्।

जुन दिन भारतीय टोली अथवा आईपीएल, महिला प्रीमियर लीगमा सिक्किमे खेलाड़ीहरूले खेल्ने अवसर पाउनेछन् सो दिन सिक्किम क्रिकेट एसोसिएशनले आफूहरूले गरेको पहल सफल भएको महसुस गर्ने उनले जानकारी गराए।

सिकाका महासचिव सोनाम पाल्देन भोटियाले सेरिलले जुन अवसर पाएका छन् त्यसले सिक्किम मात्र नभएर पूर्वोत्तर राज्यलाई नै गर्वित तुल्याएको मन्तव्य पोखेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *