पंजाब विधानसभाका अध्यक्ष र उपाध्यक्ष आइपुगे सिक्किम

Screenshot_20230222_222226_Dailyhunt.jpg

गान्तोक: राजधानी गान्तोकमा भोलिदेखि शुरू भइरहेको कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलनमा भाग लिन विभिन्न राज्यका विधानसभा अध्यक्षहरूको आउने क्रम जारी रहेको छ। यसै क्रममा पंजाब विधानसभाका अध्यक्ष र उपाध्यक्ष पनि सिक्किम आइपुगेका छन्।

पंजाब विधानसभाका अध्यक्ष कुल्टार सिंह संधवान र उपाध्यक्ष जय कृषण सिंह रौरी आज सिक्किम आइपुगे। रम्फू पर्यटक केन्द्रमा पाकिम जिल्ला प्रशासनका अधिकारीहरूले स्वागत जनाए। यसरी नै अरुणाचल प्रदेश विधानसभाका अध्यक्ष पासांग डी. सोना पनि आज सिक्किम आइपुगे। उनको साथमा विधानसभा उपाध्यक्ष तेसम पोंगते तथा सरकारका मन्त्रीहरू पनि आएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *