भोलिदेखि सीपीए इण्डिया रिजन जोन-३ को १९औं वार्षिक सम्मेलन शुरू

2333

गान्तोकः भोलि २३ फरवरीदेखि सिक्किम विधानसभा भवनमा कमनवेल्थ पार्लिमेण्टेरी एसोसिएशन, इण्डिया रिजन जोन-३ को १९ औं वार्षिक सम्मेलन शुरु हुनेछ। यस दुई दिवसीय सम्मेलनको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गर्नेछन्‌। उनी भोलि अपराह्न राजधानी गान्तोक आइपुग्ने तय कार्यक्रम रहेको छ। यस सम्मेलनमा भाग लिन राज्यसभाका उपाध्यक्ष हरिवंश एन. सिंह सिक्किम आइपुगिसकेका छन्‌ भने विभिन्न राज्यका विधानसभा अध्यक्षहरूको पनि आगमन जारी रहेको छ। यस सम्मेलनमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्ती प्रेमसिंह तामाङ, भारतमा विधायिका निकायका अध्यक्षता अधिकारीहरू, सांसदगण, सिक्किम विधानमण्डलका सदस्यहरू लगायत अन्यको सहभागिता रहनेछ। दुई दिवसीय सम्मेलनमा संसद अनि विधानसभा जनताको निम्ति पहुँचयोग्य बनाउन, लागू औषधिको दुरुपयोग र अघिको मार्ग, साइबर बदमाशी विषयबारे विचार-विमर्श गरिनेछ। सम्मेलनको समापनमा लोकसभा अध्यक्ष ओम बिरलाले २४ फरवरीको दिन समापन भाषण दिनेछन्‌। जानकारी गराइन्छ, सीपीएको इण्डिया रिजनमा चारवटा जोन रहेको छ जसमा जोन ३-मा पूर्वाततरका आठवटा राज्य सामेल रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *