सिलगढीः जिटिए अनि बन्य विभागको सहयोगमा सिलगढीको सालबाडीमा सञ्चालित हर घर घर स्वनिर्भर योजना अन्तर्गत क्षमता निर्माण तालिमको १० दिने कार्यशालाको आज समापन गरियो। जसमा प्रमुख अतिथिको रुपमा जीटीए सभाका अध्यक्षको अन्जुल चौहान, बन्य विभागका डीएफओ अर्विन्दम लेप्चा, फरेस्ट अफिसर राजेश थापाको साथमा अन्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई जीटीएको तर्फबाट प्रमाणपत्र बितरण गरिएको थियो भने विद्यार्थीहरूले तालिमको अवधि सिकेका आफ्ना अनुभवहरू सबै सामु राखे साथै उक्त तालिमले उनीहरूलाई धेरै आत्मविश्वास बढाउन सहयोग गरेको अनि तालिममा सिकेका कुराहरूलाई आफ्नु आफ्नो क्षेत्रमा कार्यान्वित गर्ने र अरूहरूलाई पनि सिकाएर लैजाने मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूद्वारा उक्त तालिम कार्यक्रम सफल तुल्याउन सहयोगी सम्पूर्ण शिक्षक शिक्षिका साथै सम्पूर्ण सहयोगीहरूलाई सम्मान जनाउँदै मायाको चिनो स्वरूप खादा लगाई उपहार प्रदान गरे।कार्यक्रमलाई सम्बोधन राख्दै अञ्जुल चौहानले जीटीए कार्यपाल अनित थापाकाे भिजन अनि कार्यदक्षताकै कारण सो कार्यक्रम सम्पन्न भएकोमा उनलाई धन्यवाद टक्राउँदै विद्यार्थीहरूलाई यस तालिम कार्यक्रमबाट सङ्कलित ज्ञानले आफ्नो आफ्नो भविष्यको योजना तयार पार्नुपर्ने बताउँदै सबैलाई बधाई दिए।