खरसाङ क्षेत्रका विभिन्न समष्टीहरूलाई लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न

IMG-20230222-WA0208.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा खरसाङ क्षेत्रको को-अर्डिनेटर एंव कार्यकारी सभासद रतन थापाको अध्यक्षतामा सम्पन्न भएको छ। विशेष गरी खरसाङ ब्लक अन्तर्गत पर्ने समष्टीहरूका प्रतिनिधिहरूलाई लिएर सम्पन्न उक्त सभालाई भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले सञ्चालन गरेका थिए। सभामा टुंग सन्त मेरिज समष्टी, खरसाङ देनराली समष्टी, खरसाङ गिध्द पहाड़ समष्टी, अम्बटे पंखाबारी लङ्भ्यु समष्टी र तीनधारे महानदी समष्टीको पार्टी प्रतिनिधिहरू उपस्थित रहेका थिए। सभालाई खरसाङ चिम्नी देवराली समष्टीको सचिव एंव सभासद श्याम शेर्पा, टुंग सन्त मेरिज समष्टीको सभापति एंव सभासद नुरी शेर्पा, अम्बटे पंखाबरी लङ्भ्यु समष्टीको सभासद कल्पना प्रधान, खरसाङ गिध्द पहाड़ समष्टीको सचिव साथै ट्रेड युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङ, जीटीएको कार्यकारी सभासद साथै भागोप्रमो खरसाङको को-अर्डिनेटर रतन थापा आदिले वक्तव्य राखेका थिए। सभामा पार्टीको सांगठनिक गतिविधिहरू र पार्टीको आन्तरिक विषयहरूमा सभामा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। विशेष गरी वर्तमानमा जीटीएले जनताको हितको लागि के के काम गरेको छ त्यसको स्पष्टीकरण सभामा दिइएको साथै जीटीएले गरेको विभिन्न कार्यहरू विषयमा जनतालाई अवगत गराउन र बुझाउन पर्ने विषयमा जोड़ दिइएको छ। वक्ताहरूले खरसाङ ब्लक अन्तर्गत पर्ने समष्टीहरूमा पार्टी कता दुर्बल छ अनि कसरी सहयोग गर्नु पर्ने जस्तो विषयमा सभामा आलोचना गरिएको बताइएको छ।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले भागोप्रमो खरसाङ महकुमा समितिको पार्टी कार्यालयमा खरसाङ क्षेत्रको समष्टीहरूका पार्टी प्रतिनिधिहरूलाई लिएर खरसाङ महकुमा क्षेत्रका को-अर्डिनेटर रतन थापाको अध्यक्षतामा सभा सम्पन्न भएको बताएका छन्। उनले सभामा पार्टीको सांगठनिक गतिविधिहरू र संगठनलाई कसरी अझ दह्रिलो बनाएर लान सकिन्छ साथै अागामी दिनमा पार्टीलाई कसरी एकबध्द रूपमा मजबुद बनाएर लान सकिन्छ भन्ने विषयमा छलफल गरिएको पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement