जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव जनताको आखाँमा धूलो हाल्ने कार्य मात्र थिएछ: एडवाडर्स
दार्जीलिङ: पहाड बन्द स्थगित गरिएको छ। गत दिन राज्यको सत्तारूढ दल तृणमूल काग्रेसले बङ्गाल विधान सभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गरेपछि विधान सभादेखि पहाडसम्म उक्त प्रस्तावको विरोध शुरू भएको छ। यसै क्रममा हिज मंगलबार जीटीए सभाको निर्वाचित विपक्षीका ९ जना सभासदहरू गोर्खा रंगमंच भवनको अघितिर स्थापित गरिएको शहीद वेदी अघि अनशनमा बसेका थिए। त्यसै अवधि भोली २३ फरवरीको दिन पहाड बन्दको आह्वान गरिएको थियो। आज १२ बजेर १५ मिनट जान्दा सभासदहरूलाई जुस पिलाएर अनशनबाट उठाइएको छ। यसै क्रममा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले राज्यको सत्ता पक्षले बङ्गाल विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पेश गरेर पारित गरे पनि देशको संविधानमा अलग राज्य गठन गर्ने प्रवाधान रहेको छ भनी बताए। उनले भने, ‘बङ्गाल विधानसभाको उक्त प्रस्तावले देशको संविधानलाई नै चुनौती दिएको छ। जीटीए सभाको दोस्रो सभामा जीटीएको सत्ता पक्ष भागोप्रमो अध्यक्ष एंव जीटीए चीफ अनित थापाले नै जीटीए सभामा गोर्खाल्याण्डको मुद्दामाथि वार्ता शुरू गरिनुपर्छ भन्ने प्रस्ताव ल्याएका थिए अनि त्यो प्रस्तावलाई हामी ४५ जना निर्वाचित सभासदहरूले एकै आवाजमा समर्थन जनाएका थियौं। तर बङ्गाल विधानसभाले बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गर्दा हामी ९ जना सभासदहरू बाहेक अन्य सभासदहरू चूप लागेर किन बस्दैछ?” उनले जीटीए चिफ् अनित थापाले जीटीए सभामा पेश गरेको गोर्खाल्याण्डको प्रस्ताव गोर्खाल्याण्ड समर्पित जनताको आखाँमा धूलो हाल्न मात्र ल्याएका थिए त भनी प्रश्न गर्दै सभासद एडवडर्सले प्रश्नमाथि प्रश्न तेर्साए। उनले अझ भने,’राज्यको एकजना मन्त्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी अनि आदिवासीहरूलाई अप्रवासी समेत बताएका छन्। विधानसभामा बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गर्नेहरू अनि हामी गोर्खाहरूलाई अनुप्रवेशकारी बताउनेहरूसँग सिलगढीको एक कार्यक्रममा बसेर खुशी मनाईरहेका छन्। विधानसभामा पारित गरिएको र गोर्खाहरूलाई अनुप्रवेशकारी साथै आदिवासीहरूलाई अप्रवासी बताएको विरोध जनाउन अनि छुट्टै राज्य गठनको पक्षमा हामीले भोली २३ फरवरी पहाड बन्दको आह्वान् गरेका थियौं। हामीलाई थाहा छ भोलि २३ फरवरी बिहीबारदेखि माध्यमिक परीक्षा पनि शुरू हुन गईरहेको छ भन्ने तर हामीले हाम्रो बन्दको आह्वानमा परीक्षाको गाडी लगायत जरूरी विषयहरूलाई बन्ददेखि अलग राखेका थियौं। तर हाम्रो बन्दलाई गलत प्रचार प्रसार गर्ने कार्यहरू भएको हुनाले साथै हामी ९ जना सभासदहरूको शुभ चिन्तकहरूले हामीलाई आ आफ्नो क्षेत्रहरूबाट सुझाव र सल्लाह दिएको हुनाले हामीले जनताको सुझावलाई कदर गर्दै भोलि २३ फरवरीको बन्दलाई स्थगित गर्ने निर्णय लिएका हौ।”
उनले अझ भने हामी राज्य सरकारसंग डराएर यो बन्द फिर्ता लिएको कदापी होइन तर हाम्रा विद्यार्थीहरूको सुन्दर भविष्य र जनताको सुझावहरूलाई कदर गरेर बन्द स्थगित गर्ने निर्णय लिएका हौं। आज हामी समस्त गोर्खा एंव दार्जीलिङ तराई डुवर्सको बासिन्दाहरू एकबद्व हुने समय आएको छ। आज हामी एकबद्व हुन सकेनौं भने भोलिको हाम्रो भविष्य साँच्चै नै अन्धकार छ। हिज अस्तीसम्म हामीलाई सिलगढी तराई क्षेत्रका केही संघ संस्थाहरूले मात्र अनुप्रवेशकारी भन्दै थियो तर आज विधान सभाले बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गरेको छ साथै राज्यको एकजना जिम्मेवार मन्त्रीले हामी गोर्खाहरूलाई अनुप्रवेशकारी बताएको छ, यो अनुप्रवेशकारी शब्दले हामी समस्त गोर्खाहरूको मनमा चोट लागेको छ। विधानसभाले बङ्गाल विभाजनको विरोधमा प्रस्ताव पारित गरेर हाम्रो छातीमा चोट पूराएको छ भने त्यो चोटमा मंत्रीले नून चूक दल्ने काम गरेको छ। यस्तो स्थितिमा हामी सबै एकबद्व हुन जरूरी छ। ‘
हाम्रो पार्टीको अध्यक्ष एंव जीटीएको सभासद अजय एडवर्डले अझ भने,”बन्दको कार्यक्रमलाई हामीले स्थगित मात्र गरेका हौं। भोलिको दिनमा हामी सबैको सर-सल्ला लिएर भावी कार्यक्रमहरू तयार गर्नेछौं।’