दार्जिलिङ: भोलि २३ फरवरीको दिन हुने भनिएको बन्द अहिलेलाई सस्पेन्स गरिएको छ। बङ्गाल विधानसभामा बङ्गाल विभाजन विरूध्द ल्याइएको प्रस्तावलाई विरोध गर्दै भोलि २३ फरवरीको दिन हुने भनिएको बन्द अहिलेलाई सस्पेन्स गरिएको तर स्थगित गरिएको होइन भनी सभासद बिनय तामाङले बताएका छन्। जीटीएको निर्वाचित ९ जना सभासदहरूले हिजदेखि शुरु गरेको २४ घण्टाको भोक हड़ताल आज दार्जीलिङको गोर्खा रंगमंचमा समाप्त भएको छ। भोक हड़ताल समाप्त भएपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद बिनय तामाङले बङ्गाल विधानसभामा बङ्गाल विभाजन विरूध्द ल्याइएको प्रस्तावको विरोध गर्दै हिजदेखि बसिएको २४ घण्टाको भोक हड़ताल आज सकिएको र जीटीएको निर्वाचित ९ जना सभासदहरूको सभा बसेर निर्णय लिन्दै भोलि २३ फरवरीको दिन १२ घण्टा घरमै बस्नु भन्ने हाम्रो अपिल अहिलेलाई सस्पेण्ड गर्दछौं भनी बताएका छन्। बिनय तामाङले अघि भने,”हामीले बन्दको घोषणा गरेको होइन तर १२ घण्टा घरमै बसिदिनु भनेर अपिल मात्रै गरेको हो। त्यसैले उक्त १२ घण्टा घरमै बस्नु पर्ने हाम्रो अपिल अहिलेको लागि ९ जना निर्वाचित सभासदहरूका सभा बसेर सस्पेन्स गरिएको तर स्थगित गरिएको होइन। आगामी दिनमा हाम्रो पक्षको राजनैतिक दलहरू र गैर राजनैतिक संगठनहरूसित पनि सभा बसेर भावी रणनीति तयार पार्नेछौं।’
बिनय तामाङले अघि भने, “बङ्गाल विधानसभामा नेपाली भाषीहरूलाई तृणमूलको मन्त्रीले अनुप्रवेशकारी भनेका छन्। उक्त बयानसो लागि मन्त्रीले माफी मांग्नुपर्छ नत्र यो अझ वृहत् भएर जानेछ। हामी संवैधानिक रूपमा विरोध प्रदर्शन गर्नेछौं। डुवर्सको आदिवासी नेताहरूसित पनि कुराकानी भएको छ र आगामी दिनमा हामी सबैसित बातचीत गरेर पहाड़ र डुवर्समा कार्यक्रमहरू गर्नेछौं।”