च्यापियन्स लीगः लिभरपूल विरुद्ध रियल म्याड्रिडको यादगार जीत

IMG-20230222-WA0104.jpg

२२ फरवरीः यूएफा च्याम्पियन्स लीगको राउण्ड अव् सिक्स्टीनमा स्पेनिश क्लब रियल म्याड्रिडले असाधारण पुनरागमनको साथ यादगार जीत हासिल गऱ्यो। मंगलवार अबेर राति खेलिएको पहिलो लेगको म्याचमा एक समय २ गोलले पछि रहेर पनि गत सीजनको च्याम्पियन रियल म्याड्रिडले लिभरपूललाई ५-२-ले पराजित गऱ्यो।

आफ्नो होम ग्राउण्ड एनफील्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूल १४औं मिनटसम्म २ गोलले अघि रहेको थियो तर रियल म्याड्रिडले पनि असाधारण प्रदर्शन गर्दै रहल समयमा ५ गोल छिरायो। लिभरपूलको होम ग्राउण्डमा हासिल भएको यस जीतले रियल म्याड्रिडको निम्ति क्वार्टर फाइनलमा पुग्ने बाटो धेरै सजिलो बनेको छ कारण यी दुई टीमबीच दोस्रो लेगको म्याच रियलको होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा खेलिनेछ।
म्याचमा लिभरपूलको शुरुवात असल रह्यो अनि डार्विन नुनेजले दर्शनीय गोलको साथ आफ्नो टीमलाई चौथो मिनटमै बढ़त दिलाए। त्यसपछि रियलका गोलकीपर थिबाउट कुर्टिअसको गल्तीलाई काममा लगाउँदै अनुभवी मोहमेद सालाहले जुर्गेन क्लोपको टीमलाई २-०-को बढ़त दिलाए।

शुरुवातमै २ गोल खाएपछि चाहिँ रियलले प्रतिद्वन्द्वी टीमलाई कुनै मौका दिएन अनि रहल समयमा गोलको वर्षा गऱ्यो। विनिसियस जूनियरले २१औं र ३६औं मिनटमा लगातार २ गोलको साथ मध्यान्तरअघि नै रियललाई २-२-को बराबरीमा पुऱ्याए। त्यसपछि एडेर मिलिटाओले असाधारण हेडरको साथ रियललाई ३-२-को बढ़त दिलाए। अन्तमा दिग्गज स्ट्राईकर करीम बेञ्जेमाले ५५औं र ६७औं मिनटमा अझ दुई गोल थपेर रियल म्याड्रिडलाई ५-२-ले रोमाञ्चक जीत दिलाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement