बिजनबारीः बिजनबारी, डीएलआर प्रेरणा गैरसरकारी संस्थाद्वारा एग्रो फरेष्ट्रि प्लान्टेशन सम्बन्धमा जनचेतना शिविर आयोजना गरियो। संस्था प्रमुख अनमिका शर्मा, तपन थापा, सुबास मोथेको उपस्थितिमा सम्पन्न जनचेतना शिविरमा खेतीपातीलाई सहायता पराउन वृक्षको अवश्यकता वृक्ष रोपनका प्रकार आदि विषयमा अनमिका शर्माले स्पष्ट जानकारी गराएका थिए। पर्यवरणलाई सहायता पुराउने वृक्षका प्रकारहरू अनि जलवायुसँग मिल्दो-जुल्दो रूखका विरूवाहरू प्लान्टेशन गर्न पर्ने जनचेतनामूलक कुराहरू अनमिका शर्माले जानकारी गराए। बाउड्री क्लिपिङ, इन्टर क्लिपिङ र ब्लक क्लिपिङ फरेष्ट्रि तीन तरिकाले वृक्ष रोपन गर्न सकिन्छ। वृक्ष रोपन ४ महिनापछि अनि १ वर्षबादमा डीएलआर प्रेरणा संस्थाले जसको गन्ती र निरिक्षण गर्ने जनाउदै वितरण गरिएको विरूवाहरू स्याहार सुसार सहीढंगमा रहे परिश्रमिक दिइने संस्था प्रमुख शर्माले स्पष्ट गराए।