दुबईमा पहिलो राउण्डमै हारः पेशादार टेनिस करियरको अन्त गरिन् सानियाले

IMG-20230222-WA0089.jpg

२२ फरवरीः भारतीय टेनिस स्टार सानिया मिर्जाको असाधारण करियरको मंगलवार अन्त भयो। सानियाले डब्ल्यूटीए दुबई ड्यूटी फ्री टेनिस च्याम्पियनशीपमा पेशादार टेनिस खेलाड़ीको रूपमा आफ्नो अन्तिम म्याच खेलिन्। अमेरिकी जोड़ीदार मेडिसन कीजसँग खेल्दै सानिया मंगलवार महिला युगलको पहिलो राउण्डमै पराजित भइन्। सानिया र कीजकी जोड़ीलाई रुसकी वेरनोकिया कुदेर्मेतोवा र ल्यूडमिला सेमसोनोवाकी जोड़ीले सीधा सेटमा ६-४, ६-०-ले पराजित गऱ्यो। २५ वर्षीय वेरोनिका एकलमा ११औं अनि युगलमा पाँचौं नम्बरमा रहेकी छन् जबकि ल्यूडमिला युगलमा विश्वकी १३औं नम्बरकी खेलाड़ी हुन्। भारतकी दिग्गज टेनिस खेलाड़ी ३६ वर्षीय सानियाले साल २००३-मा पेशादार टेनिसमा प्रवेश गरेकी थिइन्। उनले आफ्नो करियरमा ६ वटा ग्राण्ड स्ल्याम खिताब जितिन्। यसमा उनले तीनवटा खिताब स्विट्जरल्याण्डकी मार्टिना हिंगिससँग जोड़ी बनाएर जितेकी थिइन्। यसको साथमा उनले भारतकै महेश भूपतिसँग दुईवटा मिश्रित युगल खिताब (२००८-मा अष्ट्रेलियन ओपन अनि २०१२-मा फ्रेञ्च ओपन) जितिन्। उनले ब्रूनो सोरेससँग यूएस ओपनको खिताब पनि जितिन्। मंगलवार राति खेलिएको म्याचमा पहिलो सेटमा एक समय त स्कोर ४-४-को बराबरीमा थियो तर कुदरमेतोवा र सेमसनोवाले सानिया र कीजकी जोड़ीलाई पछि छोड़्दै ५-४-को बढ़त हासिल गरेपछि म्याच एकतर्फी बन्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement