भूम्चु पर्वलाई लिएर तयारी बैठक सम्पन्न

IMG-20230221-WA0364.jpg

गान्तोक: आगामी दिनमा पालन गरिने भूम्चु पर्वलाई लिएर पहिलो तयारी बैठक राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै गर्दै जिल्लापाल हिस्से डी. योङदाले उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै विभागका अधिकारीहरूले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गरिनु पर्ने आग्रह गरिन्। उकत कार्यक्रममा राज्य बाहिरबाट पनि धेरै जना भक्तजनको उपस्थिति रहने भएको कारण यसलाई शान्तिपूर्वक ढङ्गमा सञ्चालन गर्नमा सबैले सहयोग पुऱ्याउनु पर्ने सुझाउ दिएकी छन्। आगामी २४ फरवरीदेखि पहिलो चरणको भ्रमणको कार्यक्रम शुरू गरिने भएको हुनाले यसको निम्ति ट्राफिक व्यवस्था लगायत अन्यबारे ध्यान दिनु पर्ने आवश्यकता रहेको उनले महसुस गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement