४५ दिने लिम्बू पारम्परिक पोसाक बुनाईँ प्रशिक्षण समाप्त

IMG-20230221-WA0361.jpg

गान्तोक: लिम्बू जातिको पारम्परिक पोशाक बुन्ने ४५ दिने तालिमको आज समापन भयो। लिम्बू जातिको पारम्परिक पोशक बुन्ने यस तालिमको आयोजना गान्तोकको डीपीएच क्षेत्रस्थित लिम्बू भवनमा गरिएको थियो। आजको समापन कार्यक्रममा राज्यका लोकसभा सांसद इन्द्र हाङ सुब्बा मुख्य अतिथि रहेका थिए। यसरी नै मुख्यमन्त्री पीएस गोलेका प्रशासनिक सल्लाहकार एमपी सुब्बा, सूचना एवं जनसम्पर्क विभागका सल्लाहकार विरेन्द्र तामलिङ साथै अन्यको पनि विशेष उपस्थिति रहेको थियो।

पोषाक संस्कृति र वेशभूषाको विकास र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आदिवासी अनुसन्धान संस्थान, समाज कल्याण विभाग, सिक्किम सरकारको प्रायोजनमा राज्य क्षमता विकास संस्थान, सीप विकास विभाग, सिक्किम सरकारसँगको सहकार्यमा सुखिम याक्थुङ सापसोक सोङजुम्भोले यो तालिम कार्यक्रम आयोजना गरेको हो। यस तालिममा ३० भन्दा अधिक प्रशिक्षानार्थीहरूले भाग लिएका थिए।

समापन समारोहमा बोल्दै सांसद इन्द्र हाङ सुब्बाले परम्परागत लुगा बुन्नु भनेको बुन्नु मात्र नभई आफ्नो परम्परालाई जोगाउनु पनि हो भने। उनले तालिममा पाइने सीपको अधिकतम सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गरे। पछि सांसदको बाहुलीबाट सबै प्रशिक्षानार्थीहरुलाई प्रमाणपत्र र बुनाई प्रशिक्षकहरुलाई प्रशंसा पत्र प्रदान गरियो।

About Author

Advertisement