गान्तोक: पश्चिम सिक्किमको सोरेङ च्याखुङ समष्टि अन्तर्गत पक्की गाउँ सरकारी माध्यमिक विद्यालयको ६ दिवसीय कौस्तुभ जयन्ती समारोह आज विभिन्न कार्यक्रम सहित शुरू भयो। यस कार्यक्रमको उद्घाटन अवसरमा सोरेङ च्याखुङ समष्टिको क्षेत्र विधायक अदित्य गोले मुख्य अतिथिकोरूपमा रहेका थिए। कार्यक्रममा संस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो भने, पुरुष वर्गको निम्ति लठ्ठा तनाई प्रतियोगिता रहेको थियो, समारोहको मुख्य आकर्षक मेन्स हिल्स पुरुष खुल्ला भलिबल प्रतियोगिता रहेको छ। प्रथम खेल कालेबुङ बनाम निजि बीच भीडन्त भएको थियो। आगामी ६ फरवरीको दिन सम्पन्न हुने फाइनल खेलमा विजेता दललाई नगद राशी २ लाख अनि उपविजेता दललाई एक लाख पचास हजार प्रदान गरिने आयोजक समितिको पक्षबाट बताइएको छ। समापन समारोहको दिन राज्यको मुख्य मन्त्री पीएस गोले मुख्य अतिथिकोरूपमा उपस्थित रहन सक्ने आयोजक समितिलेको जानकारी गराएको छ।










