ब्रिज एण्ड रूफका सीएमडी राजेश कुमार सिंह ‘सीएमडी लिडरशिप अवार्ड’द्वारा सम्मानित

00-1-CMD

कोलकाता: ब्रिज एण्ड रुफ कम्पनी (इण्डिया) लिमिटेड, १०४ वर्ष पुरानो उद्यम, भारत सरकारको भारी उद्योग मन्त्रालयअन्तर्गतको मिनी रत्न सीपीएसई हो। वर्षौंमा दिगो विकासको साथ कम्पनी एक स्रोत, बहु-अनुशासन, इन्जिनियरिङ्, निर्माण र परियोजना व्यवस्थापन उद्यममा विकसित भएको छ, जसले सार्वजनिक र निजी क्षेत्रहरू, भारत र विश्वव्यापी रूपमा सेवा गर्दछ भन्ने कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा बताइएको छ।

हालै कम्पनीले आफ्नो यात्रामा अर्को कोशेढुङ्गा थपेको छ।

ब्रिज एन्ड रूफका सीएमडी राजेश कुमार सिंहले गत १६ फरवरीमा नयाँ दिल्लीमा आयोजित ‘गभर्नेन्स नाउ नवौं पीएसयु’ अवार्डमा न्यायमूर्ति दीपक मिश्रा, भारतका पूर्व मुख्य न्यायाधीशबाट प्रतिष्ठित ‘सीएमडी लिडरशिप अवार्ड’द्वारा प्राप्त गरेका छन्। आर.के. सिंह ‘पीएसयुको विकसित परिदृश्य’ को पावर सत्रमा पनि प्रमुख वक्ता थिए, जसले धेरै प्रशंसा बटुल्न सफल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement