मङ्पु: विश्व कवि रविन्द्रनाथ ठाकुरले चारपल्ट वास गरेको भूमि अनि पर्यटकहरुको आकर्षकको केन्द्र मङ्पु रविन्द्रनाथ सङ्ग्रहालय परिसरमा आज विश्व कवि रविन्द्रनाथ ठाकुरको नवनिर्मित प्रतिमाको उद्घाटन राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले सिलगढीबाट भिडियो कन्फरेन्समार्फत् गरिन् भने मङ्पुमा निर्मित गेस्ट हाउसको दार्जिलिङ जिल्ला डेपुटी मेजिस्ट्रेट इन्द्रजीत सरकारको बाहुलीबाट गरियो।
आज उद्घाटन भएको गेस्ट हाउसमा दुईवटा सुट रुम, दुईवटा डर्मिनेटरी रुम,कन्फरेन्स हल, डाईनिङ रुम अनि चालक बस्ने रुम अनि गाडीको ग्यारेज पनि रहेको छ। त्यसरी नै रविन्द्र भवनको मरमत्तिपछि आज उद्घाटन गरिनको साथै सम्पूर्ण जनसाधारणको निम्ति भवन खोलिएको छ। यस गेस्ट हाउसमा बस्न चाहाने पर्यटकहरुले केही दिनपछि वेबसाईटमार्फत् रुम बुक गर्न सक्नेछन्। उक्त गेस्ट हाउसको नवनिर्माण दाल्ज्योर कन्स्ट्रक्सन मङ्पुले गरेका छन्।मङपुलाई पर्यटन क्षेत्रमा थप उपहार दिएकोमा मङपुवासीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई आभार व्यक्त गरेका छन्।