धोत्रे बालासन क्षेत्रका १२७ जनालाई पर्जा पट्टा वितरण

IMG-20230221-WA0344.jpg

सोनादा: धोत्रे बालासन क्षेत्रका १२७ जनालाई पर्जा पट्टा वितरण गरिएको छ। उक्त क्षेत्रका जम्मा १२७ जनामा ५ जनालाई राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीको बाहुलीबाट पर्जा पट्टा प्रदान गरिएको छ। त्यसरी नै १२२ जनालाई सिलगढीको पिन्टेल भिलेजमा जीटीए चिफ् अनित थापा र जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट पर्जा पट्टा वितरण गरिएको छ। यसरी पर्जा पट्टा वितरण गरिएकोमा धोत्रे बालासनवासीको पक्षमा स्थानीय विशाल बरदेवाले जीटीए चिफ् अनित थापा र टिमलाई धन्यवाद दिएका छन्। उनले वर्षौं पुरानो हाम्रो मांग अहिले आएर पूरा भएको बताउँदै यसरी चियाबारी क्षेत्रको जनताको लागि पनि पर्जा पट्टा प्रदान गर्नको लागि जीटीए चिफ् अनित थापाले कोलकोता गएर पहल गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीसित वार्ता गरेर पर्जा पट्टा दिलाउन सक्षम भएकोमा सबैको पक्षबाट आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement