टुङ-सन्तमेरिज समष्टि युवा शक्तिद्वारा आयोजित फुटबल फाइनल खेलमा अम्बटे विजय

IMG-20230221-WA0337.jpg

सोनादा: भागोप्रमो टुङ-सन्तमेरिज समष्टिको युवा शक्तिद्वारा खेलाइएको लात्ते भकुण्डो प्रतियोगिताको अन्तिम निर्णायक खेलमा सुनार बस्ती मार्गरेट्स होप बनाम अम्बटे चियाबारीमाझ खेलमाझ सम्पन्न भएको छ। टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेको बाँसघारी गाउँ खेल मैदानमा सम्पन्न यस फाइनल खेलमा अम्बटे चियाबारीका खेलाडीहरुले १ गोलले विजय प्राप्त गर्न सक्षम बनेको छ। टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने समष्टिका युवा शक्ति सचिव दिपेश तामङ,भागोप्रमोका सदस्य दिलीप गजमेर एंव समष्टिका अन्य सदस्य/सदस्यागण लगायत खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। विजेता दलका खेलाडीहरुलाई प्रमुख अतिथिको कर-कमलबाट पुरस्कार प्रदान गरियो भने उप-विजेता दलका खेलाडीहरुलाई युवा शक्ति सचिव दिपेश तामङको बाहुलीबाट प्रदान गरियो। प्रमुख अतिथिको रुपमा नुरी शेर्पाले सम्बोधन गरेका थिए साथै अन्त्यमा प्रनित राईले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

About Author

Advertisement