सोनादा: भागोप्रमो टुङ-सन्तमेरिज समष्टिको युवा शक्तिद्वारा खेलाइएको लात्ते भकुण्डो प्रतियोगिताको अन्तिम निर्णायक खेलमा सुनार बस्ती मार्गरेट्स होप बनाम अम्बटे चियाबारीमाझ खेलमाझ सम्पन्न भएको छ। टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेको बाँसघारी गाउँ खेल मैदानमा सम्पन्न यस फाइनल खेलमा अम्बटे चियाबारीका खेलाडीहरुले १ गोलले विजय प्राप्त गर्न सक्षम बनेको छ। टुङ-सन्तमेरिज समष्टिका सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने समष्टिका युवा शक्ति सचिव दिपेश तामङ,भागोप्रमोका सदस्य दिलीप गजमेर एंव समष्टिका अन्य सदस्य/सदस्यागण लगायत खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। विजेता दलका खेलाडीहरुलाई प्रमुख अतिथिको कर-कमलबाट पुरस्कार प्रदान गरियो भने उप-विजेता दलका खेलाडीहरुलाई युवा शक्ति सचिव दिपेश तामङको बाहुलीबाट प्रदान गरियो। प्रमुख अतिथिको रुपमा नुरी शेर्पाले सम्बोधन गरेका थिए साथै अन्त्यमा प्रनित राईले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।