लोकसभा अध्यक्षले २३ फरवरीमा गान्तोकमा सीपीए इण्डिया रीजनको १९औं वार्षिक क्षेत्र-३ सम्मेलन उद्घाटन गर्ने

00-1-Lok-Sabha-Speaker

नयाँ दिल्ली: लोकसभा अध्यक्ष ओम बिरलाले २३ फरवरीमा गान्तोक, सिक्किममा सीपीए इण्डिया रीजनको १९औं वार्षिक जोन ३ सम्मेलन उद्घाटन गर्नेछन्। सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यसभाका उपसभापति हरिवंश,  भारतका विधायी निकायहरूका पीठासीन अधिकारी, संसद सदस्य, सिक्किम विधानमण्डलका सदस्यहरू साथै अन्य गण्यमान्य व्यक्तिहरूले यस कार्यक्रममा सहभागिता जनाउनेछन्।
दुई दिवसीय सम्मेलनमा निम्नलिखित विषयहरूमाथि विचार-विमर्श गरिनेछ:
१. संसद तथा विधानसभालाई जनता/नागरिकहरूको लागि अधिक सुलभ बनाउनु;
२. नशालु पदार्थहरूको दुरुपयोग अनि भावी कार्यवाही; अनि
३. साइबर बुलिङ
सम्मेलनको समापनमा लोकसभा अध्यक्ष ओम बिरलाले २४ फरवरीमा समापन सम्बोधन राख्नेछन्। अहिलेसम्म, पूर्वोत्तर राज्यहरूमा १८ क्षेत्रीय सम्मेलन आयोजित भइसकेका छन्, जसमा पूर्वोत्तर क्षेत्रीय राष्ट्रमण्डल संसदीय संघ (एनईआरसीपीए) अनि सीपीए क्षेत्र-३ मा आयोजित कार्यक्रम सामेल छ। सीपीए जोन-३ मा असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, सिक्किम अनि त्रिपुरा सामेल छन्। सीपीए ज़ोन-३ मा, गुवाहाटी, असममा ८ अक्टोबर २०१८ मा अनि ईटानगर, अरुणाचल प्रदेशमा १२ अनि १३ मई २०२२ मा सम्मेलन आयोजित गरिएको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement