सिलगढी: ‘बन्द हुनेछैन। बन्दलाई समर्थन गरिने छैन’, मुख्यमन्त्री ममता ब्यानर्जीले आज सिलगढीको कञ्चनजङ्घा स्टेडियमबाट विनय तामाङलाई कडा सन्देश दिएकी छन्। माध्यामिक परीक्षा २३ फरवरीदेखि शुरु हुँदैछ। फलस्वरूप मुख्यमन्त्रीले सो अवधिमा कुनै पनि बन्दलाई समर्थन नगर्ने र आदेशको अवज्ञा गरे प्रशासनले कडा कारबाही गर्ने स्पष्ट सन्देश दिएकी छन्।यससँगै मुख्यमन्त्रीले ‘बङ्गाल टुक्रिने छैन’ भन्ने कडा सन्देश पनि दिएकी छन् भाषा दिवसको कार्यक्रममा गोर्खाल्याण्डको माग गर्दै पहाडमा बन्दको आह्वान मुख्यमन्त्री ममता बनर्जीले विनय तामाङले अस्वीकार गरिन्। मुख्यमन्त्रीले नाम नलिई विनय तामाङलाई चेतावनी दिइन्, ‘बन्द भयो भने समर्थन गर्दैनौँ। माध्यमिक परीक्षा २३ फरवरीदेखि शुरु हुँदैछ। बङ्गालको विभाजनको लागि कोही आन्दोलन गर्न गएमा स्वीकार गरिने छैन भन्ने निर्देशन प्रशासनको तर्फबाट दिइरहेको छुl’ मुख्यमन्त्रीले अझ भनिन्, ‘गत ११ वर्षमा यो स्पष्ट भएको छ, तृणमूल सरकारले कुनै पनि हिसाबले बन्दलाई समर्थन गर्दैन। म बन्दलाई समर्थन गर्दिनँ– यो हाम्रो नीति हो, हामीले ११ वर्षमा देखाइसकेका छौँ, कहिलेकाहीँ पहाडमा पनि कोही–कोही जाग्छन् भन्ने सुनेको छु। विकासका लागि होइन, विकास कसरी रोक्नु, बाधा पुर्याउनु हो। तर सरकारले कानून हातमा लिने जोसुकै भए पनि छाड्ने छैनl’