गोपालधारामा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने

मिरिक: गोपालधारा अप्पर कोठी गाउँ, वार्ड नम्बर १४ मा आउँदो १३ फरवरीदेखि १९ फरवरीसम्म सप्ताहव्यापी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको जानकारी पुराण आयोजक कमिटीका प्रवक्ता पुकार भण्डारी र अमित बस्नेतणले दिएका छन्। मूख्य कथावाचक  पण्डित होमनाथ ढुंगेल, उप वाचक पण्डित नरेन्द्र रेग्मी र सहयोगी पण्डित ओमप्रकाश घिमिरेद्वारा सम्पन्न हुने यो ज्ञान महायज्ञ बर्तमान विश्वव्यापी अशान्ति, देशको अस्थिर अवस्थाको सुधारलगायत गाउँमा बितेर गएका मृत आत्मा र पितृहरूको उद्धार, शान्ति कामनार्थ, भक्ति भावलाई श्रीवृद्धि गरेर गाउँको विकास गर्ने ध्येय राखेर गरिएको हो।

गोपालधारा अप्पर कोठी गाउँका युवाहरू उत्साही रहेर यो सप्ताहव्यापी ज्ञान महायज्ञलाई सफलीभूत तुल्याउन तन मन दिएर लागिपरेको भनी विकाश खँडकाले जनाएका छन्। बर्तमान समयमा युवा समाज दिशाहीन भएर कुव्यसन र कुलतमा फँसिरहेका छन् फलतः सामाजिक भविष्य डाँवाँडोल भएर गैरहेको छ, यसैले यो आध्यात्मिक चेतना जागृत गर्ने प्रयास पनि हो भन्ने कुरा प्रवक्ताहरूले बताए। गाउँका मानिसहरू विचको आपसी प्रेम र सदभावना बडाउन यस प्रकारको धार्मिक कार्यक्रमढढण आयोजन हुन जरूरी छ भन्ने कुरा ग्रामवासीहरूले गरेका छन्। – माधव बुढाथोकी

About Author

Advertisement