खरसाङमा अन्तर्राष्ट्रीय मातृभाषा दिवस पालन

IMG-20230221-WA0297.jpg

अन्तर्राष्ट्रीय मातृभाषा दिवसको मुख्य उद्देश्य विश्वको सम्पूर्ण मानिसहरूले बोल्ने भाषाको संरक्षण गर्नु हो: आशा मुखिया लामा

खरसाङ: सूचना अनि सांस्कृतिक विभाग खरसाङ र गोर्खा जनपुस्तालयको संयुक्त आयोजनामा अाज अन्तर्राष्ट्रीय मातृभाषा दिवस पालन गरिएको छ। गोर्खा जनपुस्तकालय खरसाङको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न कार्यक्रमलाई पुस्ताकालयको सभापति पूर्ण गुरुङ निरुपमले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रूपमा आशा मुखिया लामा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको अधिकारी अनिरबाम दाम, आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, जीबी बल, तिलक शर्मा, एलडी मोक्तान, लिली ओझा, पण्डित तुलसीप्रसाद अधिकारी उपस्थित रहेका थिए। अतिथिहरूद्वारा धुप द्वीप प्रज्वलनपछि थालिएको कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाईलीले राखेका थिए भने कार्यक्रमलाई रचना अनाकरले सञ्चालन गरेका थिए। अन्तर्राष्ट्रीय मातृभाषा दिवस कार्यक्रममा खरसाङका कविहरू क्रमैले तुलसी अधिकारी, मिना राई, सञ्जीव छेत्री, रचना अनाकर आदिले कविता पठन गरेका थिए।

कार्यक्रममा खरसाङका विद्यालयहरू क्रमैले रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालय, सन्त जोसेफ उच्चत्तर माध्यमिक विद्यालय, पुष्परानी उच्चत्तर माध्यमिक विद्यालय आदिका विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू उपस्थित रहेका थिए। कार्यक्रममा मुख्य अतिथि आशा मुखिया लामाले आफ्नो वक्तव्यमा १७ नोभेम्बर १९९९ मा युनेस्कोले सर्वप्रथम अन्तर्राष्ट्रीय मातृभाषा दिवसको पहल गरेको थियो र यो २००० सालदेखि यो पालन गर्ने चलन रहेको बताइन्। उनले अघि भनिन् -‘युनेस्कोको साधारण सभाले प्रथममा २००२ मा संवैधानिक रूपमा प्रस्ताव पारित गरेको थियो। अन्तर्राष्ट्रीय मातृभाषा दिवसको मुख्य उद्देश्य विश्वको सम्पूर्ण मानिसहरूले बोल्ने भाषाको संरक्षण गर्नु हो। अन्तर्राष्ट्रीय मातृ भाषा दिवसको सर्वप्रथम बंगलादेशले मान्यताको लागि पहल गरेको हो। २१ फरवरीलाई सर्वप्रथम बंगालादेशले मांग गर्दै एकजूट भएर लडेको हो अनि बंगलादेशले सर्वप्रथम अन्तर्राष्ट्रीय मातृ भाषा दिवस पालन गर्दै आएको हो। त्यसरी नै पश्चिम बंगालमा पनि २१ फरवरीलाई अन्तर्राष्ट्रीय मातृ भाषा दिवसको रूपमा पालन हर्न थालेको हो। युनेस्कोले सन् १९९९ मा २१ फरवरीलाई अन्तर्राष्ट्रीय मातृभाषा दिवसको रूपमा घोषणा गरेको हो।”

कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरुपमले पनि वक्तव्य राखेका थिए। खरसाङमा सम्पन्न अन्तर्राष्ट्रीय मातृभाषा दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाईलीले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement