खरसाङ: पश्चिम बंगाल कोर्ट कर्मचारी एसेसिएशनको निर्देशनमा खरसाङ कोर्टको कर्मचारीहरूले पनि राज्य सरकारबाट डीए नदिएको भन्दै आज दोस्रो दिम पनि कोर्ट परिसरमा धरणा प्रदर्शन गरेका छन्। उक्त धरणा प्रदर्शन हिज सोमाबर र आज मंगलबार गरेर दुईव्यापी सम्पन्न भएको छ। कर्मचारीहरूले राज्य सरकारले डीए नदिएको भन्दै धरणा गर्दै डीए ‘हाम्रो मौलिख अधिकार हो’, ‘बाँकी डीए पूरा गर’, ‘अर्थमन्त्री जवाब देऊ’ ‘मुख्यमन्त्री जवाब देऊ’ जस्ता नाराहरू लगाएका थिए। राज्य सरकारले डीए नदिएको भन्दै कोर्टको कर्मचारीहरूले दुई दिन व्यापी पेन डाउन गरेका थिए। यस विषयमा पत्रकाहरूसित कुराकानी गर्दै जुडिसियल क्यासियर अमृत शंकरले पश्चिम बंगाल राज्य कोर्ट कर्मचारी एसोसिएशनको निर्देशनमा खरसाङ कोर्टको कर्मचारीहरूद्वारा पनि दुई दिनव्यापी धरणा प्रदर्शन आयोजना गरिएको बताएका छन्। उनले राज्य सरकारबाट डीए नपाएकोले हामीले सिस वर्क गर्दै धरणा प्रदर्शन गरिएको र कर्मचारीहरूले पाउने रहल डीए झट्टै दिनु पर्ने साथै कोर्टमा रिक्त पदहरूमा पनि झट्टै नियुक्ति हुनुपर्छ भनी मांग रहेको बताएका छन्। उनले यस धरणा प्रदर्शन र विरोधमा अन्य विभागका कर्मचारीहरूलाई पनि सहयोग गरिदिने अनुरोध गरेका छन्। उनले आगामी दिनमा एसोसिएशनले जस्तो निर्देशन दिन्छ त्यही अनुसार कार्य गर्ने पनि बताएका छन्। यस धरणा प्रदर्शनमा पश्चिम बंगाल कोर्ट कर्मचारी एसोसिएशन खरसाङ युनिटको कार्यकारी सभापति सन्जित कुमार गुरुङ, सचिव शिवराणा राणा लगायत अन्य कर्मचारीहरू उपस्थित रहेका थिए।