खरसाङ: छुट्टै राज्य विरुद्ध तृणमूल काङ्ग्रेसद्वारा बंगाल विधान सभामा ल्याएको प्रस्तावलाई जनविरोधी प्रस्तावको संज्ञा दिन्दै भारतीय जनता पार्टी खरसाङ समितिले विरोध जनाएका छन्। उक्त प्रस्तावलाई विरोध जनाउँदै अनि यस प्रस्तावलाई झट्ट भन्दा झट्ट वापस लिनु पर्ने मांग गर्दै भारतीय जनता पार्टी खरसाङ समितिले खरसाङ शहर क्षेत्रमा पोस्टरिङ गरेको छ। उक्त पेस्टरिङ विषयमा बोल्दै भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाले पत्रकारहरूसित कुराकानी गर्दै बंगाल विधान सभामा जुन प्रकारले छुट्टै राज्यको विरोधमा प्रस्ताव ल्याइएको छ त्यो गैर कानुनी हो र यसको हामी विरोध गर्दछौं र उक्त प्रतावको विरोधमा आज भाजपाले पोस्टरिङ गरेको पनि बताएका छन्। उनले भने, “यस्तो प्रकारको प्रस्ताव लोक सभामा ल्याउनु पर्ने हो तर विधान सभामा ल्याएर गैर कानुनी कार्य गरिएको छ जसको हामी घोर विरोध जनाउँदछौं। बंगाल विधान सभामा ल्याइएको प्रस्ताव विरूध्द खरसाङ र दार्जिलिङका भाजपा विधायकद्वय बीपी बजगाईं र निरज जिम्बा विरोध जनाएको छ जसको लागि हामी दुवैलाई धन्यवाद दिन्छौं। तर पहाड़को अर्को विधायकले विरोध जनाउनुको साटो अरू नै कमेन्ट गरेको कारणले अब स्पष्ट भएको छ कि जनताको पक्षमा कसले काम गर्दैछ र बंगालको एजेन्ट भएर कसले काम गर्दैछ त्यो पूर्ण रूपमा स्पष्ट भएको छ।”