बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित भएपछि पहाडमा ९ जना सभासद बसे अनशन

00-1-07f138f4-4b9c-4745-abc3-cc3174e88424-1

दार्जीलिङ: हिजो पश्चिम बङ्गालको विधानसभामा बङ्गाल विभाजनविरुद्ध प्रस्ताव पारित गरिएपछि यता पहाडको राजनीतिमा अलग राज्य गोर्खाल्याण्डको माग लिएर हलचल शुरु भएको छl बङ्गाल विभाजनविरुद्धको प्रस्ताव पारित भएलगत्तै भोलिपल्ट अर्थात आज (मङ्गलबार २१ फरवरी) जीटीएका नौजना सभासदहरू गोर्खा रंगमञ्च भवनको परिसरमा विरोध प्रदर्शन गर्दै धारणामा बसेका छन्l यो धरणा २४ घण्टाको लागि रहेको छl पहाडका जनतालाई एकजुट हुने आहवान गर्दै २३ फरवरीको दिन १२ घण्टा हड्ताल गर्ने सभासद विनय तामाङले बताएका छन्l हडतालको अवधिमा आवश्यक सेवाहरूलाई छुट दिने भएको छl

यस धारणामा हाम्रो पार्टीका अध्यक्ष एवं सभासद अजय एड्वर्ड्स, सभासद विनय तामाङलगायत अन्य सातजना सभासद्हरू प्लाकार्डहरू लिएर बसेका छन्l ती प्लाकार्डहरूमा अलग राज्य गोर्खाल्याण्डको माग उल्लेख गरिएको छl सभासद विनय तामाङले पश्चिम बङ्गालको विधानसभामा पारित गरिएको प्रस्तावको विरोधमा जीटीएका ९ जना विपक्षी सभासदहरू २४ घण्टा अनशनको बताएका छन्l उनले भने, ‘हामी विधायक निरज जिम्बा र बीपी बजगाईंलाई धन्यवाद दिन्छौं। पहाडका जनताको तर्फबाट उनी दुवैले गोर्खा समुदायको तर्फबाट विधानसभामा सशक्त बहस पेश गरेर राजनीतिक आकांक्षा पूरा गर्ने कार्य गरेका छन्l’

सन् २०१७ को जून महिनामा भाषाको विवाद लिएर अलग राज्य गोर्खाल्याण्डको आन्दोलन चर्किएर १०५ दिनसम्म पहाड बन्द भएर जनजीवन अस्तव्यस्त भएको थियोl अहिलेघरि भर्खरै पहाडमा स्कूलहरू खोलिन शुरु भएको छ अनि परीक्षाहरू पनि परेको छl  गएको तीन दशक भन्दा बढी समयदेखि किसिम किसिमको हडतालको सामना गर्दै आएका पहाडका जनताले  फेरि एकपल्ट हड्तालको स्थिति सामना गर्नुपर्ने देखिँदैछl

 उल्लेखनीय छ, यसपाली नौजना सभासदहरू २१ फरवरीमा अनशन बसेका छन्l २१ फरवरी अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण दिन होl २१ फरवरी अन्तर्राष्ट्रिय मातृ भाषा दिवस होl २१ फरवरी १९५२ मा बङ्गलादेशमा भाषाको आन्दोलन हुँदा कयौं मानिसहरू शहीद भएका थिएl सन् १९९९ मा युनेस्कोले २१ फरवरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा घोषणा गर्‍यो। २१ फरवरी एकुशे फरवरीको नामले पनि परिचित छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement