सिलगढीमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस पालान गरियाे

CollageMaker_2023221133547260.jpg

सिलगढी: अन्तर्राष्ट्रिय मातृभाषा दिवस हरेक वर्ष फरवरी २१ मा विश्वभर मनाइन्छ। त्यसैगरी यस दिन सिलगढी सहरमा पनि अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा शहीद दिवस मनाइयो। सिलगढीका मेयर गौतम देवले बाघजातिन मैदानमा शहीद मीनारमा माला चढाएर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे।उहाँका साथमा उपमेयर रञ्जन सरकार, मेयर काउन्सिल, बरो अध्यक्ष र वडा काउन्सिलरहरू थिए। शहीद मीनारमा अन्य राजनीतिक दलका नेताहरू, विभिन्न स्वैच्छिक संगठनका सदस्यहरू, सिलगढीको बंगलाबारी संगठनहरूले शहीदहरूलाई माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। अन्तर्राष्ट्रिय मातृभाषा दिवस भारतमा विशेष गरी पश्चिम बंगाल र बंगलादेशमा २१ फेब्रुअरीमा ठूलो सम्मानका साथ मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement