२१ फरवरीः पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष तथा कप्तान रमीज राजाले भारतलाई भारतको माटोमा पराजित गर्नु असम्भव रहेको दावी गरेका छन्। भारतले अष्ट्रेलिया विरुद्ध बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको पहिलो दुईवटा टेस्ट म्याच जितिसकेको छ। यी दुवै टेस्टमा अष्ट्रेलियाई टोलीले भारतीय स्पिन आक्रमण अघि आत्मसमर्पण गरेको छ। रमीज राजाले आफ्नो यूट्यूब च्यानलमा भारतीय कप्तान रोहित शर्मा अनि पूरा टीमको भरपूर प्रशंसा गरेका छन्। यसको साथमा दिल्ली टेस्टको दुवै ईनिंग्समा असाधारण प्रयासको निम्ति उनले रविन्द्र जडेजाको मन खोलेर प्रशंसा गरेका छन्। पीसीबी-का पूर्व अध्यक्षले अलराउण्डर अक्षर पटेलको पनि विशेष उल्लेख गरे, जसको ७४ रनको बहुमूल्य ईनिंग्सले भारतलाई पहिलो ईनिंग्समा खराब स्थितिबाट बाहिर निस्किनमा सहायता पुग्यो।
राजाले भने, अष्ट्रेलियाले आवश्यक मानसिक दृढ़ताको प्रदर्शन गरेन। यस्ता पीचहरूमा असल प्रदर्शन गर्नको निम्ति जरूरी ब्याटिंग तक्निकको कमी देखियो। स्पिन आक्रमण विरुद्ध सफल हुने तक्निकको प्रयोग गरिएन। उनीहरूले लगातार गलत शट्हरू खेले। पाकिस्तानका पूर्व कप्तानले दुवै ईनिंग्समा स्पिन आक्रमण विरुद्ध विफल रहने अष्ट्रेलियाको भरपूर आलोचना गरे। उनले भने, अष्ट्रेलियाले पनि पर्थ र ब्रिसबेनमा उपमहाद्वीपका टीमहरूका निम्ति आफ्नो सुविधा अनुसार पीच तयार गर्ने गर्छ। यसपाली उनीहरूले भारतमा आफ्नो तीतो दबाईको स्वाद चाख्नु पऱ्यो। टेबल बद्लिएको छ। पहिलो दुईवटा टेस्ट म्याचपछि अष्ट्रेलियाले भारतमा सीरीज खेल्न असल तयारी नगरेको कुरालाई स्पष्ट भएको छ। टीम इण्डियालाई भारतमा पराजित गर्नु असम्भव छ। अष्ट्रेलियाले एक सत्रमा ९ विकेट गुमायो। यो एकदमै साधारण प्रदर्शन हो। जडेजाको प्रयास सराहनी रह्यो। उल्लेखनीय छ, पहिलो नागपुर अनि पछिबाट दिल्लीमा जीत हासिल गरेर भारतले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा स्थान लगभग पक्का गरिसकेको छ।