२१ फरवरीः आईसीसी टी२० महिला वर्ल्ड कपअन्तर्गत गेकबेर्हाको सेण्ट जर्ज पार्कमा खेलिएको महत्त्वपूर्ण म्याचमा भारतीय टीमले वर्षाको फाइदा लिएर सेमिफाइनलमा स्थान बनायो। आयरल्याण्ड विरुद्ध खेलिएको म्याचमा भारतले पहिला ब्याटिंग गर्दै ओपनर स्मृति मन्धनाको ८७ अनि शेफाली वर्माको २४ रनको सहायताले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो। जवाफमा आयरल्याण्डले ८.२ ओभरमा २ विकेट गुमाएर ५४ रन बनाउँदा वर्षा शुरु भयो अनि खेल हुन सकेन। डकवर्थ लुईस नियम (डीएलएस)-को हिसाबले आयरल्याण्ड त्यस समय लक्ष्यदेखि ५ रन पछि रहेको थियो। यसरी भारत डीएलएस-को माध्यमले ५ रनले विजयी भएर सेमिफाइनलमा पुग्यो। आयरल्याण्डको तर्फबाट गाबी लेविसले अविजित ३२ रन बनाइन्। विध्वंशी अर्द्धशतकको निम्ति मन्धनालाई प्लेयर अव् द म्याच चयन गरियो।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै १५५ रन बनायो। भारतलाई दुईजना ओपनर मन्धना र शेफालीले असल शुरुवात दिलाइन्। यी दुईमा मन्धनाले ५६ बल खेलेर ९ वटा चौका र ३ वटा छक्काको साथ ८७ रन बनाइन्। यसबाहेक शेफाली वर्माले २९ बलमा ३ वटा चौकाको साथ २४ रन बनाइन्। यी दुईलाई छोड़ेर मीडलअर्डरमा चाहिँ कसैले पनि उल्लेखनीय योगदान दिन सकिनन्। जेमिमा रोड्रिग्सले १२ बलमा १९ रन बनाइन्। कप्तान हरमनप्रीत कौर १३, रिचा घोष शून्य र दीप्ति शर्मा शून्य रनमा आउट भइन्। आयरल्याण्डकी बलरहरूमा लौरा डिलेनीले ३ विकेट हासिल गरिन्।