२१ फरवरी: युनाईटेड सोनादा फुटबल क्लब अनि सोनादा पुलिस आउट पोष्टको संयुक्त आयोजनामा भएको अण्डर -१४ अनि महिला फुटबल टुर्नामेण्टको फाइनल खेल सम्पन्न भयो। अण्डर-१४ बालक वर्गको फाइनलमा नगेन तामाङको प्रशिक्षणमा रहने हिल फूटबल एकाडमी अनि युनाईटेड सिक्किम फूटबल एकाडमीमाझ भिड़न्त भयो।

यस फाइनल खेलमा हिल फूटबल एकाडमी २-१-ले विजयी भयो। यसरी नै महिला फूटबलको फाइनला कालेबुङ एकाडमी अनि हिमालयन एफसी-माझ भिड़न्त भयो। यस फाइनल खेलमा हिमालयन एफसी ३-० -ले विजयी भयो। टुर्नामेण्टको समापन समारोहमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियोे। फाइनल खेल अनि समापन समारोहमा मुख्य अतिथिको रूपमा राष्ट्रिय स्तरका फूटबलर नादोङ भूटिया, अतिथिको रूपमा सदर सीआई भूषण छेत्री, जोरबंग्लो ओसी मित्र देवान, सोनादा पुलिस पोष्ट एसआई फुर्बा पाखरीङ र पूर्व सभासद महेन्द्र प्रधानसहित अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

दुवै वर्गमा च्याम्पियन र रनरअप् हुने टीमहरूलाई पुरस्कार प्रदान गरियो।