उत्तर प्रदेशको भारत-नेपाल सीमामा चिनियाँ युवा समातियो

उत्तर प्रदेश: गत १७ मा एसएसबीका जवानहरूले उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा भारत-नेपाल सीमामा एकजना चिनियाँ युवालाई समातेका छन्। उनी नेपाल जाने तर्खरमा थिए। सोधपुछका क्रममा उनले आफ्नो नाम वाङ गुओजुन बताए। तर, उनीसँग भारत प्रवेश गर्ने कुनै वैध कागजपत्र थिएन। एसएसबीका एएसआईले सहायक कमाण्डेन्टलाई यसबारेमा जानकारी दिए। त्यसपछि एसएसबीका सहायकले अवैध रुपमा भारतमा बसेको आरोपमा शंकास्पद चिनियाँ युवकविरुद्ध गौरीफन्टा पुलिस थानामा मुद्दा दर्ता गरी गरेर पुलिस सुपुर्द गरेl पुलिसले उनलाई सोधपुछ गरेर छानबिन गर्दा शंकास्पद केही चीज नभेटिएको समाचार छ।

पुलिसले उनलाई सामुदायिक स्वास्थ्य केन्द्र पलियामा स्वास्थ्य जाँच गराएर अदालतमा पेश गरेको थियो। उनलाई अदालतले ३ दिनको पुलिस रिमाण्डमा पठाएको छ। एसएसबीले दर्ता गरेको एफआईआरमा भनिएको छ, पक्रा परेका २६ वर्षीय वाङ गुओजुन दिल्लीबाट पलिया हुँदै गौरीफंटा चेकपोष्ट पुगेका थिए। एसएसबीको प्रारम्भिक जाँचमा भारत प्रवेश सम्बन्धी कुनै कागजपत्र भेटिएन। सोही कारण शंकास्पद देखेर उनलाई हिरासतमा लिएर उच्च अधिकारीलाई जानकारी गराइएको थियो। स्रोतबाट प्राप्त जानकारीअनुसार सरकारका धेरै निकायले यस विषयमा जाँच गरिरहेका छन्। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *