ब्रह्मकुमारी गान्तोकले पालन गऱ्यो ८७औं त्रिमूर्ति शिव जयन्ती पालन

IMG-20230220-WA0288.jpg

गान्तोक: ब्रह्माकुमारी गान्तोकद्वारा ८७औं त्रिमूर्ति शिव जयन्ती उत्सव भव्यतापूर्वक पालन गरियो। यहाँको डेभलोपमेण्ट क्षेत्रमा रहेको मुख्यालय शान्तिकुण्डमा आयोजित कार्यक्रममा विधानसभा अध्यक्ष अरुण उप्रेती मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने राज्यका मुख्य सचिव भीबी पाठक विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले आफ्नो अमूल्य अनुभव साझा गरे। वर्तमान जीवनमा आध्यात्मको महत्वबारे प्रकाश पार्दै आध्यात्मिक ज्ञानबिना हाम्रो जीवन अधुरो रहने विचार पोखे। कार्यक्रममा उपस्थित सबैलाई दिव्य उपहार, आशीर्वाद कार्ड, आध्यात्मिक पत्रिका आदि वितरण गरियो। राजयोगिनी सोनम दिदीले पावर पोइण्ट प्रेजेण्टेशनमार्फत महाशिवरात्रिको सही अर्थ बताइन्। योसँगै गायिका रेमन्ती राईले परमपिता शिवको भजन गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement