गान्तोकमा वारिपारीको साहित्य कार्यक्रम

IMG-20230220-WA0290.jpg

गान्तोक: भऱतपुर महानगर प्रज्ञा प्रतिष्ठान, चितवन अनि सिक्किम प्रज्ञा प्रतिष्ठानको वैचारिक संगम कार्यक्रम राजधानी गान्तोकमा सम्पन्न भयो। यस कार्यक्रमलाई वारिपारीको साहित्य नाम दिइएको थियो। वरिष्ठ पत्रकार जोसेफ लेप्चाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भऱतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, डेन्जोङ रिजेन्सीका अध्यक्ष थिन्ले नामग्याल देन्सापा, सिक्किम प्रज्ञा प्रतिष्ठानतका सल्लाहकार किरण रसाइली, भऱतपुर महानगर परिषदका पार्षदहरु विष्णु भूजेल, विष्णु महतो र केशव महर्जन विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। कार्यक्रममा नेपाल अनि सिक्किमका सहित्यकारहरुले रचना वाचन गरे। यसबीच सिक्किम प्रज्ञा प्रतिष्ठानका उपध्यक्ष डा. टीबी छेत्रीले कार्यक्रमको औचित्य र यस कार्यक्रमले सिर्जना गरेको दुई ठाउँमाझको वैचारिक विकासबारे उल्लेख गरे। डा. छेत्रीले विमर्शमा पौढ़ साहित्य, बाल साहित्यसंगै किशोर साहित्य विस्तारको पनि जिकिर गरे। कार्यक्रममा सिक्किमका स्रष्टाहरु दीपा राई, एऩबी घिमिरे, कुबेर विष्ट, जीएस लिम्बू, लुइश विष्ट, योगेश महिमा, जीविका अश्रु, तेजमान बराइली, गोपाल ढकाल अनि नेपालका बालकृष्ण थपलिया, विष्णु तिवारी उषा, इन्द्र प्रसाद रेग्मी, केदारनाथ खनाल र प्रकाश चापागाँईले रचना वाचन गरेका थिए। आफ्नो अध्यक्षीय सम्बोधनमा जोसेफ लेप्चाले भने, दुई प्रज्ञा प्रतिष्ठानको सामीप्यताले सिर्जनशील कार्यमा लागेका सर्जकहरुलाई प्रोत्साहित गर्नेछ। विश्ष्ट अतिथि उपकुलपति रेग्मीले दुई प्रतिष्ठानको सम्बन्धलाई औपचारिकरुपमा मान्यता दिएर कार्यनीति तयार गर्ने कुरामा जोड़ दिए। यसअघि स्वागत सम्बोधनमा सिक्किम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष भीम राउतले भऱतपुर चितवन र सिक्किमले साहित्यको उन्नयनमाथि धेरै काम गर्न सक्ने बताए। कार्यक्रमका अर्का विशिष्ट अतिथि देन्सापाले कार्यक्रमले दुई ठाउँबीचको सम्बन्धसंगै साहित्यको विकासमा सहयोग पुऱ्याउने मन्तव्य राखे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *