गान्तोक: जालीपुल काची कामकोटी सेवा समितिका अध्यक्ष महेश अग्रवाल, उपाध्यक्ष लक्ष्मीप्रसाद शर्मा र अन्य सदस्यहरूले सिक्किमका राज्यपाल लक्ष्मण प्रसादसँग राजभवन परिसरमा शिष्टाचार भेट गरे। क्रममा समितिले वेद पाठशालाका गतिविधिबारे विस्तृत जानकारी गराएको थियो। हालै सिक्किमका विभिन्न क्षेत्रका विद्यार्थीहरूले वेद पाठशालामा शिक्षा दीक्षा लिइरहेका छन् जसमा संस्कृतसँगै अङ्ग्रेजी, सामान्य विज्ञान र गणित पढाइँदै छ, जसमा आध्यात्मिकका साथै आधुनिक शिक्षा पनि समावेश छ। सो अवसरमा छात्रावास निर्माणका लागि सहयोग रकमको चेक समेत प्रदान गरिएको थियो। यस विषयमा खुशी व्यक्त गर्दै राज्यपालले सिक्किमलाई मूल्यमान्यता, संस्कृति र शिक्षाका माध्यमबाट अगाडि बढाउने कुरामा जोड दिएका छन्। उनले समाज सेवा नै जीवनको सार्थकता भएको बताए।