‘मुक जिक दिङ सम’ लेप्चा समुदायको परम्परागत कार्यक्रम डब्लिङमा सम्पन्न

IMG-20230220-WA0286.jpg

गितडब्लिङ: आज स्थानीय पर्म्याक डाँडा रियाेन, अप्पर डाब्लिङमा मुक जिक दिङ सम् अर्थात् लेप्चा समुदायको मौलिक पर्यावरण दिवस समारोह परम्परागत रुपमा सम्पन्न गरिएको छ।यस कार्यक्रम भब्य रुपमा सम्पन्न गराउन डाब्लिङ, रियाेन, सर्याेकसा र कटारे गरी चार गाउँका लेप्चा युवा जमातको सक्रियता रहेको थियो। सिक्किम विश्वविद्यालयका लेप्चा बिभागका प्राध्यापक एन टि लेप्चाले आज सम्पन्न कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।मुख्य अतिथीका रूपमा पद्मश्री पुरस्कार प्रापक हिलदामित लेप्चा रहेकी थिइन्। यसैगरी उत्तरबंगाल विश्वविद्यालयबाट डाक्टर डपछिरिङ लेप्चा,रोमन लेप्चा, मायलल्याङ विकास बोर्डका उपाध्यक्ष पि.टी. सिमिक, वन विभागका बिट अधिकारी योक छिरिङ लेप्चा, विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए।स्थानीय साधु सुन्दरसिङ उच्च विद्यालयले लेप्चा सांस्कृतिक एंव परम्परागत मनोरञ्जन द्वारा कार्यक्रममा सुनमा सुगन्ध थपेको थियो। उनीहरुले पवित्र राेङ छ्याे नमथार औ मुक जिक दिङ आसुङको पाठ पनि गरे।

कार्यक्रममा स्थानीय सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

About Author

Advertisement