डीएको मागमा सरकारी कर्मचारीहरूको कार्य विरामको प्रभाव देखिएन

1200-900-17787520-thumbnail-4x3-da-agitation-aspera.jpeg.jpg

कोलकाता: पश्चिम बंगाल सरकारका कर्मचारीहरूले महँगाई भत्ता (डीए) को मागमा सोमवार अनि मंगलवार घोषणा गरेको कार्य विरामको पहिलो दिन सरकारी कार्यालयहरूमा धेरै प्रभाव परेको देखिएन। सरकारी विभागहरूमा उपस्थिति लगभग सामान्य रहेको दाबी गरेको छ। राज्य सरकारले राज्य सचिवालय नवान्नसहित राइटर्स बिल्डिङ र अन्य अर्कोतिर, आन्दोलनरत कर्मचारीहरूले सचिवालयसहित अधिकांश सरकारी विभागहरूमा काम बन्द रहेको र कार्य विरामको राम्रो प्रभाव देखिएको दाबी गरेको छ। राइटर्स बिल्डिङमा काम गर्ने एक अधिकारीले भने, हामी कार्यालय आएका छौ, तर उपस्थिति दर्ता गराएपछि काम गरेका छैनौ। धेरै आवश्यक फाइल छ भने मात्र हस्ताक्षर गर्ने छौ जनसाधारणलाई दुःख होस भन्ने हामी चाहँदैनौ। कर्मचारीहरूले केन्द्रिय स्तर अनुसार ३९ प्रतिशत डीएको माग गरिरहेका छन्। यसको माग गर्दै संग्रामी संयुक्त मंचको व्यानरमा ३२ संगठन कर्मचारी धरनामा बसेको छ। ३८ संगठनले दुई दिनको कार्य विरामलाई समर्थन जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *