चिकित्सकहरूद्वारा मृत घोषित नवजात शिशु जिउँदै

Child-Baby-e1673342001758.jpg

नयाँ दिल्ली: मध्य जिल्लास्थित लोकनायक जयप्रकाश (एलएनजेपी) अस्पतालका चिकित्सकहरूले एक नवजात शिशुलाई मृत घोषित गरी आफन्तहरूलाई सुम्पिएका थिए। तर शिशुलाई जिउँदो पाइयो शिशुलाई जिउँदो देखेर परिजनहरू खुशी भए। ती नवजात शिशुलाई तत्कालेै अस्पताल पुऱ्याए जहाँ चिकित्सकहरूले शिशुको जाँच गर्न समेत अस्वीकार गरे। त्यसपछि परिजनहरूले चिकित्सकहरूमाथि लापरवाहीको आरोप लगाउँदै खैलाबैला मच्चाए। परिजनले बताए अनुसार नवजात शिशुले आइतवार एलएनजेपी अस्पतालमा जन्म लिएको थियो। डिलीभरी पश्चात चिकित्सकहरूले शिशुलाई मृत घोषित गरी डब्बामा प्याक गरेर परिवारलाई सुम्पिए। परिजनहरू डब्बा लिएर घर पुगे। घरमा डब्बा खोल्दा शिशुलाई जिउँदो पाए। त्यसपछि परिजनहरूमा खुशीको लहर छायो। परिजनहरू तत्कालै शिशुलाई लिएर अस्पतालमा पुगेर चिकित्सकहरूलाई बताए कि उनीहरूको नानी जिउँदो छ। यतिभन्दा पनि चिकित्सकहरूले नानीलाई हेर्न अस्वीकार गरेको आरोप छ। त्यसपछि परिजनहरूले भीडियो बनाएर सोशल मीडिया मार्फत प्रकाशमा ल्याएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *