एकजनाको डड़ेको लास देख्दा सनसनी

effb6a36-b789-4600-a77e-10098e79d3fc


कालचिनीः सोमबार दिउँसो अलिपुरद्वार नगरपालिका क्षेत्रको १६ नम्बर वार्ड बीजी रोड क्षेत्रमा पर्ने एउटा घर नजीकै एकजना व्यक्तिको आधा डड़ेको लास देख्दा क्षेत्रभरी सनसनी मच्चिएको थियो। १६ नम्बर वार्ड क्षेत्रको बासिन्दाहरूले उक्त डड़ेको व्यक्ति को हो केही जानकारी नभएको बताएका छन्।
घटनाको जानकारी पुलिस समक्ष पुगेपछि घटनास्थलमा पुलिस पुगेर उक्त अपरिचित व्यक्तिको शव उद्धार गरेर लगेको स्थानीयहरूले जनाएका छन्। आफैले आफ्नो शरीरमा किरोसीन छर्केर उक्त अज्ञात व्यक्तिले आत्महत्या गरेको हुनसक्ने आशंका मानिसहरूले गरेका छन् भने वरिपरिका बासिन्दाहरू कसैले पनि उक्त डड़ेर मर्नेको परिचय खोल्न नसकिएको जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *